Sunday, March 25, 2018

टिपर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

पाँचथर, ११ चैत ९: पाँचथरको डिलिहाङ गाउँपालिका वडा नं ७ स्थित सिमखर्कमा आज टिपर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।

काठमाडौँ निवासी उमेशसिंह महासेठको मृत्यु भएको र घाइते महोत्तरी बर्दिवास बस्ने २४ वर्षीय शम्भु महराको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाअ२८प ६६८३ नंको मिनीट्रक सामान लिएर फर्कंदै गर्दा अनियन्त्रित भई सडकबाट ५०० मिटर तल खसेको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...