Friday, March 2, 2018

स्पेनिस लिग फुटबल : बार्सिलोना बराबरीमा रोकियो

स्पेन, १८ फागुन । स्पेनिस लिग फुटबलमा बार्सिलोनालाई लास पाल्मासले बराबरीमा रोकेको छ । गएराति लास पाल्मासको मैदानमा भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो । खेलमा बार्सिलोनाका लियोनल मेस्सीले २१ औं मिनेटमा पहिलो गोल गरे ।

तर, ४८ औं मिनेटमा पाएको पेनाल्टीलाई लास पाल्मासका जोनाथन क्यालेरीले गोलमा बदलेपछि खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

ला लिगाअन्तर्गत गएराति भएका अन्य खेलहरुमा आलाभेजले लेभान्तेलाई १–० ले हराँउदा रियाल बेटिस र रियाल सोसिडाडले गोलरहित बराबरी खेलेका छन् ।

गएरातिका खेलहरुपछि स्पेनिस लिगको अंक तालिकामा २६ खेलबाट ६६ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । समान खेलबाट ६१ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा तथा ५१ अंक जोडेको रियाल मड्रिड तेस्रो स्थानमा रहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...