Tuesday, March 6, 2018

राष्ट्रियसभा अध्यक्षको निर्वाचन ३० गते

काठमाडौं, फागुन २२ । राष्ट्रियसभाको मंगलबारको बैठकले ‘राष्ट्रियसभा नियमावली मस्यौदा समिति’ गठन गरेको छ ।

समिति बढीमा ९ सदस्यीय हुनेछ । समितिलाई एक महिनाको कार्यावधि दिइएको छ ।

समितिमा गणेशप्रसाद तिमिल्सिना, परशुराम मेघी गुरुङ, दिलकुमारी थापा, सुरेन्द्रराज पाण्डे, राधेश्याम अधिकारी, दीनानाथ शर्मा, जीवन बुढा, प्रमिला कुमारी र वृषेशचन्द्र लाल सदस्य छन् ।

यसअघि, खिमलाल भट्टराईले ‘राष्ट्रियसभा नियमावली मस्यौदा समिति गठन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत् गरेका थिए ।

सो प्रस्तावलाई सदस्य प्रकाश पन्थ र कालीबहादुर मल्लले समर्थन गरेका थिए ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचन ३० गते
बैठकले राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको मिति यही फागुन ३० गतेका लागि तोकेको छ ।

राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले निर्वाचनको कार्यतालिका प्रकाशन गर्न संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिइन् । रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...