Tuesday, March 13, 2018

राष्ट्रपतिमा विद्यादेवी भण्डारी अत्यधिक मतले विजयी

काठमाडौँ, २९ फागुन: संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा विद्यादेवी भण्डारी अत्यधिक मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँले ३९ हजार २७५ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृत दीलप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीका प्रतिस्पर्धी नेपाली काँग्रेसकी नेत्री कुमारीलक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गर्नुभएको थियो ।

उक्त निर्वाचनमा संघीय संसद्तर्फ तीन र प्रदेशसभा सदस्यतर्फ पाँच मत बदर भएको थियो ।

संघीय संसद्का ३३१ मतदातामध्ये ३२६ र प्रदेशसभाका ५४९ मध्ये ५३६ जनाले मतदान गर्नुभएको थियो । कूल मतदातामध्ये संघीय संसद्का पाँच र प्रदेशसभाका १३ गरी १८ जना मतदाता अनुपस्थित थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...