Sunday, March 18, 2018

के नेपाली आकाश असुरक्षित नै हो त ??

यही मार्च १२, २०१८ का दिन युएस–बांग्ला एयरलाइन्सको वायुयान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भयो, जसमा यात्रु तथा चालक दलका सदस्य गरी ४९ जनाले ज्यान गुमाए ।
नेपालमा घटेका हवाई दुर्घटनामा मानव क्षतिका हिसाबले यो सन् १९९२ भएको पाकिस्तानी वायुसेवा र थाई एयरवेजको वायुयान दुर्घटनापछिको तेस्रो ठूलो दुर्घटना थियो । यस दुर्घटनापश्चात नेपालको उडान सुरक्षाको सम्बन्धमा विभिन्न कोणबाट अनेक धारणा सार्वजनिक भइरहेका पनि छन् । एउटा विदेशी दर्ताको वायुयान नेपालमा दुर्घटनामा परेकाले यसमा नेपालको भूमिका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प, नेपाली आकासको सुरक्षा सवाल, युरोपियन युनियनको उडान सुरक्षा सूचीमा यसको प्रभाव, विगतका दुर्घटना छानबिन प्रतिवेदन कार्यान्वयन लगायत सम्बन्धी विभिन्न खाले प्रश्न उब्जेको पाइन्छ । वायुयानसँग सम्बन्धित साना–साना घटनाले समेत ठूलो महत्त्व राख्ने हुँदा यति ठूलो दुर्घटनामा यस्ता चासो तथा प्रश्न उठ्नु स्वाभाविक पनि हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...