Sunday, March 25, 2018

व्हाइट हाउस अगाडी आयोजना गरिएको ” हाम्रो जीवनको लागि पदयात्रा जुलूस ” प्रदर्शनमा मानव सागर

विजय थापा ,अमेरिकाको फ्लोरिडा राज्यको एक बिद्यालयमा पूर्व निष्कासित छात्रले अन्धाधुन्ध गोली चलाउदा १७ जना यूवा बिद्यार्थीले ज्यान गुमाए पछि बन्दुक हिंसा बन्द गरौ भन्दै अमेरिका र बिश्व भर गरिएको जुलूसमा मानव सागर भेला भई सवै निकायलाई सोच्न बाध्य बनाउने गरि ध्यानाकर्षण गराउन सफल भएका छन् ।

गत मार्च २४ तारिख वाशिंगटन डिसीमा आयोजना गरिएको हाम्रो जीवनको लागि पदयात्रा जुलूसमा हजारौ हजार बृद्ध ,बालबालिका ,पुरुष ,महिला तथा काखे बालबालिका आदिको बिशाल उपस्थिति भएता पनि बिद्यालय पढ्ने युवा बिद्यार्थीहरुको अधिकांस उपस्थिति रहेको थियो ।

बिधार्थीहरुलाई समर्थन गर्न उनीहरुका अभिभावक ,शिक्षक तथा शिक्षा क्षेत्रमा काम गर्ने तथा हरेक वर्गका मानिसहरु राष्ट्रपति भवन व्हाइट हाउस अगाडी उपस्थित जनाई ऐक्य बद्धता जनाएका थिए ।

उपस्थित उक्त जुलूस हजारौ हजार प्रकारका बन्दुक नियन्त्रण सम्बन्धि सूचना मूलक तुल ,झन्डा ,बोधपत्र आदी साथ प्रदर्शन गर्दै व्हाइट हाउस अगाडी जुलूस उपस्थित भएका थिए । अमेरिका र बिश्व भर ८ सय भन्दा ज्यादा शहर ,गाउँ तथा महानगर क्षेत्रमा हाम्रो जीवनको लागि पदयात्रा जुलूस नामक प्रदर्शन भव्यता को साथ सम्पन्न भएको छ । वाशिंगटन डिसीमा मार्च २४ ,१२ बजे दिउसो देखि सुरु गरिएको कार्यक्रममा लामबद्ध भै व्हाइट हाउस को पेन सेल भेनिया सडक हुदै क्यापिटल हिल (अर्थात् संसद बह्वन ) अगाडी सम्म जन सागर उर्लिएको थियो ।

उक्त बिरोध प्रदर्शनमा प्रदर्शनकारीले बन्दुक सुधार सम्बन्धि को माँग राख्दै अमेरिका तथा बिश्व भर बिरोध जुलूस मा उत्रिएका थिए । वाशिंगटन डिसीमा प्रदर्शकारीहरुले बाल बच्चालाई महत्व देऊ ,बन्दुकलाई हैन ;हातहतियार अंगालोमा लागि हो ? बन्दुक हैन किताव ;बिद्यालयमा पुस्तक ल्याऊ बन्दुक हैन ;ट्र म्प ले नेसनल राइफल एसोसीएसन् (एनआरए) लाई माया गर्छन किनभने यो उच्चारण अग्रण सजिलो छ ;के हामी वयस्क झैँ कुरा गर्न सक्छौ ? ;एनआरए लाई कुनै पैसा हैन ;बालबच्चा लाई सुरक्षित गर बन्दुकलाई हैन ;२१ औ शताब्दीका हातहतियार ,१८ औ शताब्दीका कानुन ;न्युनतम ध्वंस ,अत्यधिक बिधान जस्ता लेखिएका सन्देशमूलक तुलहरु लिएर आएका थिए ।

गत मार्च २४ तारिख नै व्यापक प्रदर्शन देखे पछि व्हाइट हाउसले एक संक्षिप्त वक्तब्य निकाली युवा साहसी अमेरिकनको पहल प्रति सराहना गर्दै प्रथम संसोधनमाथि कसरत आज गरेकोमा खुशी व्यक्त गरेको लेखेको छ ।

प्रदर्शनमा फ्लोरिडा बिद्यालयका बिधार्थी तथा अन्यले बोलेका थिए । अहिले सम्म यस सम्बन्धि राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै प्रतिकृया दिएका छैनन् भने रास्ट्रपति कि उम्मेदवार हिलारी क्लिन्टनले हाम्री भबिष्य राम्रा हरुका हातमा हुने सामाजिक संजालमा लेखेकी छिन् । पूर्व राष्ट्रपति बाराक ओबामाले पनि मानव सागर ओर्लिए पछि सामाजिक संजालमा प्रतिकृया दिएका छन् ।

बिशेष गरि वाशिंगटन डिसीको जुलुसमा फ्लोरिडा बिद्यालयका पिडित बिद्यार्थी ,अन्य युवा अरुले मन्तब्य राख्दा सहभागीहरु भावुक पनि भएका थिए । अमेरिकाको क्यालिफोर्निया ,न्यूयोर्क ,बोस्टन ,वाशिंगटन डिसी ,पेरिस ,बेलायत आदि देशमा प्रदर्शन भएको थियो ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...