Monday, March 12, 2018

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसी मेट्रो कमिटीद्वारा नारी दिवशका सन्दर्भमा बिशेष साहित्यिक कार्यक्रम आयोजना

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसी मेट्रो कमिटी महिला बिभागको आयोजना, उपाध्यक्ष बिमला निरौलाको सभापतित्व, सदस्य पुस्पा घिमिरेको सँचालन, सुनिता खत्रीको स्वागत भासण, सल्लाहकार मन थापा मगरको नारी दिवश सम्बन्धी मन्तब्यमा सम्पन्न कार्यक्रम मा बोल्दै अनेसास का संस्थापक अध्यक्ष होमनाथ सुबेदीले अनेसासले नारी दिवशका सन्दर्भमा पनि साहित्यिक कार्यक्रम आयोजना गरेर राम्रो कार्य गरेको बताउनुभयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसी मेट्रो कमिटीका अध्यक्ष रामप्रसाद खनालले

नारी बिभेद नारी बाटै बढी हुने गरेको बताउँदै जे भने पनि जसो गरे पनि   नारी र पुरुष दुबै एक अर्काका पुरक भएको बताउनु भयो । नारी दिवशका सन्दर्भमा आयोजित कार्यक्रम भएकोले संस्थामा रहेका नारीहरु द्वारा नै पूर्ण सँचालन गर्ने गरी यस पटकको कार्यक्रममा पुरुषहरुले बाहिर बाट मात्र सहयोग गरी स्वतन्त्र छोडिएको खनालले जनाकारी दिनुभएको थियो ।

कार्यक्रममा समाजसेबी महिलाहरु बिजया शाह, मन्दिरा मैनाली, अम्बिका गुरुङ, नन्दादेबी सुबेदीलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रकाश नेपाल, रामशरण हुमागाइँ, होमनाथ सुबेदी, भुप नारायण घर्तिमगर, रामप्रसाद खनाल, बिमला निरौला, रजनी श्रेष्ठ, गुणराज लुइँटेल, मन थापा मगर, शकुन्तला अधिकारी, सुजना
ढकाल, कल्पना सत्याल, सुनिता खत्री, रबिन्द्र श्रेष्ठ, लोक कुमारी सुबेदी, निलकण्ठ सुबेदी, गोमा न्यौपाने, अम्बिका गुरुङ, कमला खरेल, बिना घर्ति मगर, पुस्पा घिमिरे, तारा न्यौपाने, मुकुन्द कोइराला, रोजा ओली, नीता श्रेष्ठ, मनिषा प्रसाईं, सुभा गौतम नेपाल, खगेन्द्र थापा, शती थापा लगायतका ब्यक्तित्वहरुले कविता बाचन
गर्नुभएको थियो । कार्यक्रममा बच्चाहरुको नाच पनि समाबेश गरिएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...