Thursday, March 15, 2018

जर्ज मेसनमा अध्ययनरत होनहार बिद्यार्थी स्व शुदर्शन सिग्देलको दाह संस्कार सम्पन्न

विजय थापा मार्च १५ ,गत मार्च १२ तारिख दिउसो भर्जिनियाको रेस्टन अस्पतालमा उपचारको क्रममा मृत्यु भएका होनहार बिद्यार्थी स्व शुदर्शन सिग्देलको दाह संस्कार सम्पन्न भएको छ ।

उनको दाह संस्कार आज मार्च १५ तारिख बिहिबार भर्जिनियाको स्यानटिलि शहरमा सम्पन्न गरिएको छ । स्व सिग्देलको दाह संस्कार दिउसो अढाई बजे देखि हिन्दु रिति अनुसार अन्तिम संस्कार गरियो । उक्त दाह संस्कारमा डिसी क्षेत्र वरपर बसोबास गर्ने नेपाली समुदायहरु पुगेर स्व शुदर्शन सिग्देललाई श्रद्धा सुमन अर्पण गरेका थिए ।

उनको मृत्यु (कार्डियाक एरेस्ट )हृदयघात अर्थात हृदय गति बन्द बाट भएको थियो । जर्ज मेसनमा अध्ययनरत स्व शुदर्शन सिग्देलको जन्म जुलाई २ ,१९९६ मा भएको हो भने मृत्यु मार्च १२ ,२०१८ मा केवल २२ बर्ष कै उमेरमा भएको छ ।

भर्जिनियाको रेस्टन अस्पतालले मृत्युपरान्त प्रतिवेदन दिए पछि आजै दिउसो सामाजिक संजाल मार्फत दाह संस्कारको सुचना नेपाली समुदायलाई भेला हुन् आग्रह गरिएको थियो । स्व शुदर्शन सिग्देल का पीता भुवन प्रसाद सिग्देल तथा माता गीता सिग्देल हुन् ।

कलिलो उमेरमा निधन भएको खबरले नेपाली समुदायलाई आश्चर्य ,चकित,दुखित ,मर्माहत बनाउनुको साथै सामाजिक संजाल भर श्रद्धा सुमन तथा समबेदना का शब्दहरु कोरिने क्रम जारी छ ।

यस दुखद क्षणमा ईनेप्लिज परिवार श्रद्धा सुमन अर्पण गर्दछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...