Friday, March 30, 2018

भर्जिनियामा नेपाली नया बर्ष २०७५ मनाइने

डिसी क्षेत्रको भर्जिनिया नेपाली नया बर्ष २०७५ मनाइने भएको छ । आगामी अप्रिल १३ तारिख शुक्रबार लोकप्रिय डिजे सोलक्रिस रहेको उक्त नयाँ बर्ष साँझमा नेपाली गीत तथा नृत्य सहित को आयोजना गरिने भएको जानकारी आयोजक डाईमण्ड एण्ड ग्रुपले ईनेप्लिज लाई बताएका छन् ।

भर्जिनिया को गेन्सभिल स्थित टेस्ट अफ इन्डिया नामक चमेना गृहमा आयोजना हुने उक्त उत्सवमा को द्वार ९ बजे खुल्ने छ । पूर्व रुपमा पनि नाम दाखिला गर्न सकिने छ भने बिस्तृत जानकारी को लागि डाईमण्ड थापा तथा कृष्ण दाहाललाई सम्पर्क गर्न सकिने आयोजकले बताएका छन् ।

कार्यक्रमको लागि योगदान स्वरुप $ २० डलर राखिएको छ भने अन्य पेय पदार्थ जौ मदिरा एक सिसि खरिदमा एक रिकापी मम सित्तै पाइने समेत खुलाशा गरिएको छ ।

कार्यक्रममा सबैलाई यसै बाट निम्तो गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...