Wednesday, March 7, 2018

टोरोन्टोमा १०८ औँ अन्तरराष्ट्रीय महिला दिबस बिबिध कार्यक्रमका साथ सम्पन्न

टोरोन्टो, १०८ औँ अन्तरराष्ट्रीय महिला दिबसको उपलक्षमा नेपलीज क्यानेडियन ओमेन्स एसोसिएसनले हालै टोरोन्टोमा बिबिध कार्यक्रम सहित मनाएको छ । कार्यक्रममा प्रमुख अतिथि जेस्ठ नागरिक सम्बन्धि ओन्टारियो प्रान्तका मन्त्री दीपिका डामरेलले महिला दिवस कार्यक्रममा सहभागि हुन पाएकोमा खुसि ब्यक्त गर्नु भयो। साथै उहाँले प्रान्तिय मुख्य मन्त्री काथलीन वायन ले पठाउनु भएको सन्देश पनि पढेर सुनाउनु भयो ।

 

सो कार्यक्रमलाई सम्बोधन गर्नु हुन्दै नेपाली राजदूत महामहिम काली प्रसाद पोख्रेलले महिला सशक्तिकरणको लागि धारणात्मक परिबर्तन आबश्यक छ भन्नु भयो। उहाँले महिला र पुरुषको समानता भएको क्यानडाको केन्द्रिय मन्त्री परिषद बिस्वमै उदाहरण भएको बताउनु हुन्दै नेपालमा पनि हालै को निर्बाचनले महिला को निस्चित प्रतिनिधित्व सुनिस्चित गरेको बताउनु भयो। केन्द्रिय सांसद जुली डाबर्सनले क्यानडाको यस बर्षको बजेटमा महिलाहरुको लागि बिशेष सुबिधा रहेको जानकारी दिनु भयो भने अबैतनिक महा बाणिज्य दूत डा. कुन्जर शर्माले महिला दिबसको महत्व बारे प्रकाश पार्नु भयो ।

 

सो कार्यक्रममा एन आर एन क्यानडाका महा सचिब चिरन घिमिरे, केन्द्रिय सदश्य प्रमिला बस्नेत तथा सम्मानित महिला ब्यक्तित्वहरु डा. एनि श्रेस्थ, आशा रजक,सुश्मा सुबेदि, हेमा आचार्य, लक्ष्मी जी.सी., अनुजा शर्मा तथा बिजु सिंहले पनि बोल्नु भएको थियो ।

कार्यक्रमको उदघाटन मन्त्री दीपिका डामरेल, नेपाली राजदूत महामहिम काली प्रसाद पोख्रेल तथा आयोजक संस्थाका अध्यक्ष सुशिला भण्डारीले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरि गरिएको थियो ।कार्यक्रमको अन्त्यमा स्थानिय कलाकारहरु शान्ता रायमाझि थापा, महिमा पाण्डे, सुनिता पाण्डे, स्विक्रिति घिमिरे, अमृत काजी श्रेस्थ, आशीर सुबेदी, सिदांत संज्याल तथा रोशन संज्याल लगायतले गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...