Sunday, March 25, 2018

डिसीमा सम्पन्न राष्ट्रिय ते-क्वान्दो प्रतियोगितामा नेपाली मूलका खेलाडीहरुलाई १० वटा स्वर्ण पदक सहित कूल ५० वटा पदक

विजय थापा ,अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको रेस्टन शहरमा गत मार्च २४ तारिखका दिन सम्पन्न बार्षिक राष्ट्रिय तेक्वान्दो खुला प्रतियोगितामा नेपाली मूलका खेलाडीहरुलाई १० वटा स्वर्ण पदक सहित कूल ५० वटा पदक प्राप्त गर्न सफल भएका छन् ।

उक्त प्रतियोगितामा बाल्टिमोर स्थित एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकडेमी को तर्फ बाट नेपाली मूलका तथा ३५ जना बिदेशी खेलाडीहरु सहितले सहभागिता जनाएका थिए । बाल्टिमोरको एभरेस्ट टोलीले उक्त प्रतियोगितामा बिदेशीहरु लगायतले १९ वटा स्वर्ण पदक ,१३ वटा रजत पदक तथा १८ वटा कास्य पदक प्राप्त गर्न सफल भएको छ ।

नेपाली मूलका खेलाडीहरुले मात्र १० वटा स्वर्ण पदक ,९ वटा रजत तथा १९ वटा कास्य पदक प्राप्त गर्न सफल भएका छन् । एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकडेमीका संस्थापक तथा खेल टोलि मुख्य प्रशिक्षक मास्टर कुमार कार्की तथा उनकी जीवन संगिनी मास्टर कल्पना कार्की हुन् ।

३९ औ बार्षिक राष्ट्रिय तेक्वान्दो २०१८ नेसनल क्यापिटोल ओपन प्रतियोगिता नामक प्रतिस्प्रद्धामा नेपालको तर्फबाट राष्ट्रको नाम राखी सकेका र हाल अमेरिकाका बिभिन्न राज्यहरुमा रहेका आधा दर्जनले उक्त प्रतियोगितामा प्रशिक्षक तथा निर्णायक भै भूमिका निर्वाह गरेका थिए ।

मास्टर एच के लि एकडेमी अफ तेक्वानदोले आयोजना गरेको यो प्रतियोगिता अमेरिकाको पूर्वी क्षेत्रमा हुने प्रतियोगितामा सबै भन्दा ठुलो प्रतिस्प्रद्धाको रुपमा चिनिन्छ l ते-क्वान्दो २०१८ बार्षिक नेसनल क्यापिटोल ओपन प्रतियोगिता नेपालीमूलका निर्णायकहरुमा टोली एभरेस्ट का मुख्य प्रशिक्षक कुमार कार्की ,टोलि प्रशिक्षकहरुमा क्रमस मास्टर कल्पना कार्की ,मास्टर चांग ई तथा प्रशिक्षकमा सजनी राई रहेकी थिइन् ।

यसै गरि निर्णायक तथा रेफ्रीहरुमा क्रमस एभरेस्ट बाल्टिमोरका मास्टर दिनेश श्रेष्ठ ,भर्जिनियाका मास्टर कृष्ण मुरारी खड्का ,एचकेलिका मास्टर कृष्ण बलाल ,न्यु योर्कका मास्टर पूर्ण आचार्य तथा पेन्सेल भेनियाका प्रशिक्षक नकुल शर्मा रहेका थिए ।

उक्त प्रतियोगितामा नेपाली मूलका खेलाडीहरुमा कृशा कार्की स्पारिंग(भिडन्त) तथा पुम्सेमा प्रथम स्थान सहित महिला कालो फित्ताधारिमा ग्रान्ड च्याम्पियन समेत घोषित भएकी छिन् ।

यसै गरि एलेन शाही स्पारिंगमा प्रथम पुम्सेमा दोश्रो , रोबिन उप्रेती स्पारिंगमा प्रथम पुम्सेमा दोश्रो,सिम्रेन गुरुङ स्पारिंगमा प्रथम पुम्सेमा दोश्रो,रुपेश श्रेष्ठ स्पारिंगमा प्रथम पुम्सेमा दोश्रो,प्रन्जल कट्टेल स्पारिंगमा प्रथम पुम्सेमा दोश्रो, अतित गुरुङ स्पारिंगमा प्रथम पुम्सेमा दोश्रो,मलिना छन्त्याल स्पारिंगमा प्रथम पुम्सेमा दोश्रो तथा सबिन राई स्पारिंगमा प्रथम पुम्सेमा दोश्रो भएका छन् ।

यसै गरि स्पारिंग द्वितीय तथा पुम्सेमा द्वितीय हुनेमा श्रेया ढकाल परेकी छिन् । यसै गरि स्पारिंग द्वितीय तथा पुम्सेमा तृतीय हुनेहरुमा क्रमस श्रया ताम्राकार तथा सुप्रिम शाह परेका छन् ।

यसै गरि स्पारिंग तृतीय र पुम्सेमा तृतीय हुने नेपाली मूलका खेलाडीहरुमा क्रमस निरज ढकाल ,ईश्वरी डाँगी ,ईश्वर डाँगी ,क्याडेल छन्त्याल,रोशन भण्डारी ,सलिना खड्का तथा विवेक छेत्री रहेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...