Saturday, March 3, 2018

टुँडिखेलमा बिश्व किर्तिमानको लागि हजारौ मानिस जम्मा भै बुद्धवचन ‘धम्मपद’ वाचन गरे

टुँडिखेलमा एकै स्थानमा बसेर एकैपटक ७५ हजारभन्दा बढी नेपालीले बुद्धवचन ‘धम्मपद’ वाचन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत मन्त्रीहरु, विभिन्न पेशा व्यवसायमा संलग्न नेपाली ,विद्यार्थी ,कलाकार, सर्व साधारण नेपालीले टुँडिखेलमा बसेर सामूहिक वाचन गरे ।

उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका प्रधानमन्त्री ओलीले भने, ‘शाक्यमुनि बुद्धप्रति आदर सम्मानसहित सबैको तर्फबाट नमन गर्दछु, बुद्ध भूमिबाट शान्तिको कामना गर्दछु ।’

केही स्थानमा बुद्धका विषयमा भ्रम सिर्जना गर्न खोजिएको भन्दै उनले नेपालमा बुद्ध जन्मेको होइन भन्ने भ्रममा पर्नु पर्दैन’ भने । प्रधानमन्त्री ओलीले भने, ‘बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन्, यसमा विवाद नगरौँ ।’

विश्वमा शान्ति स्थापना गर्न आग्रह गर्दै उनले सिरियामा भइरहेको हत्या हिंसाको विरोध गरे । प्रधानमन्त्रीले भने, ‘दुनियाँका सरकार तथा नेतालाई शान्तिपूर्ण तवरबाट अघि बढ्न आग्रह गर्दछु, हिंसा नगरौँ, शान्ति र मित्रताले अगाडि बढौँ ।’ उनले आन्दोलनरत विप्लव समूहलाई पनि वार्तामार्फत आफ्ना माग पूरा गर्न आह्वान गरे ।

विश्व कीर्तिमान परिषद् नेपालको अगुवाइमा गरिएको उक्त कार्यक्रमला गरेको हो । बुद्ध भारतमा जन्मिएको भन्दै सन् २०१४ फेब्रुअरी २ मा ४६ हजार ६ सय ६० जनाले एकै स्वरमा बुद्धको सन्देश वाचन गरेर गिनिज बुकमा रेकर्ड राखिसकेका छन् ।

बुद्ध जन्मिएको देश नेपाल भएकाले विश्वलाई सन्देश दिन रेकर्ड राख्ने लक्ष्यले विश्व कीर्तिमानी परिषद् नेपालले कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रममा बुद्धको तीन वचन सूर्य, चन्द्र र सत्यलाई वाचन गरिएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...