Thursday, March 1, 2018

जय किशन बस्नेतको नयाँ चलचित्रलाई पिजी सर्टिफिकेट (ट्रेलर सहित)

 
काठमाडौं । पछिल्लो समयमा हास्य बिधामा नेपाली चलचित्र क्षेत्रमा जमेका नायक जय किशन बस्नेतले केन्द्रीय भूमिकामा अभिनय गरेको चलचित्र तिम्रै छोरी तरुनी हामीलाई के को दोषले पिजी सर्टिफिकेट पाएको छ । यही फागुन १८ गते शनिबार देखि प्रदर्शनमा आउँने उक्त चलचित्रमा प्रयोग भएका दोहोरो अर्थ लाग्ने संवादका कारण पिजी १६ वर्ष भन्दा कम उमेरका दर्शकलाई बन्देज गरिएको बुझिएको छ ।
हास्य जनारालाई मुख्य बिधा बनाईएको चलचित्र “तिम्रै छोरी तरुनी हामीलाई के को दोष” को निर्माण दिलाराम सापकोटाले गरेका हुन् भने क्लासिक फ्रेमको ब्यानरमा निर्माण भएको उक्त चलचित्रको प्रस्तुतकर्ता ईन्द्र दोङ (खम्बे) हुन् । कार्यकारी निर्माता सुदन धिताल रहेको उक्त चलचित्रमा जनकराज अधिकारीको छायाँकन, देव महर्जनको द्वन्द, शिव बि.क. र जय किशन बस्नेतको नृत्य तथा संजय लामा (बल) को सम्पादन रहेको छ । यस चलचित्रमा जय किशन बस्नेत, विष्णु सापकोटा (हर्के हवल्दार), महिमा सिलवाल, सुरबिर पण्डित (दारी बा), प्रकाश दाहाल, सुदन धिताल, मान बहादुर लामा, टिका थापा, दिलाराम सापकोटा, स्व. दिपेन शाह लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
चलचित्रको ट्रेलर तलको लिंकमा छ :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...