Wednesday, March 21, 2018

हेर्नुहोस नमस्ते नेपाल भन्दै रोबट सोफियाले काठमाण्डौमा दिएको भाषण र अन्तरबार्ता(नेपालीमा अनुबाद गरीएको)

विश्वको पहिलो नागरिकता प्राप्त रोबोट सोफिया नेपाल आएकी छिन्। साउदी अरेबियाले सोफियालाई नागरिकता प्रदान गरेपछि उनको चर्चा विश्वभरी चुलिएको छ।
संयुक्त राष्टसंघीय विकास कार्यक्रम (यूएनडिपी) ले काठमाडौंमा आयोजना गरेको ‘सार्वजनिक सेवामा प्रविधि’ विषयक कार्यक्रममा भाग लिन सोफिया नेपाल आएकी हुन्। सोफिया यूएनडीपीको पहिलो गैरमानव प्रविधि तथा आविष्कार दूतसमेत हुन्। संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य प्राप्ति तथा चुस्त सार्वजनिक सेवा प्रवाहमा प्रविधिले खेल्ने भूमिकामा सोफियाले आफ्नो धारणा राखेकी छिन्।
यसक्रममा सोफियाले रोबोट मानिसको जीवन सहज बनाउन बनाइएको भन्दै यसबाट भ्रष्टाचार, गरिबी, अशिक्षा तथा असमानताको अन्त्य गर्न सकिने मत राखेकी छिन्।
सोफियाले आफनो धारण समेत राखेकी थिइन.भिडियोमा हेर्नुहोस यूएनडीपीका नेपाल प्रमुख रेनोड मेयेरसंग गरेको अन्तरबार्ता र सोफियाले नेपालको बारेमा राखेको धारणा नेपालीमा अनुबादान गरीएको

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...