Tuesday, March 27, 2018

कसरी चोरी हुन्छन् Handle Lock गरेर राखेका बाइक ? हेर्नुहोस Bike चोर्ने १९ जना यसरी पक्राउ परे

पोखरामा मोटरसाइकल र स्कुटर चोरीमा संलग्न गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ । स्याङजा र तनहूँका विभिन्न ठाउँबाट पक्राउ गरिएका चोरीमा संलग्नहरुलाई सोमबार कास्की प्रहरीले सार्वजनिक गरेको छ ।
कास्कीका विभिन्न ठाउँबाट चोरी भएका स्कुटर र मोटरसाईकलको नम्बर प्लेट परिवर्तन गरी उनीहरुले अर्कै ब्यक्तिलाई सस्तोमा बेच्दै आएका थिए । मोटरसाईकल चोरिएको सूचना आएपछि शनिबार विहान कास्की प्रहरीले अनुसन्धान गरी पोखरा ३ नदिपुर स्थित फिल्महलबाट चोरी गर्दै गरेको अवस्थमा २ जनालाई पक्राउ गरेको थियो ।
उनीहरुको अनुसन्धान गर्ने क्रममा अरु पनि पक्राउ परेका हुन् । ‘सोधपुछका क्रममा उनीहरुले भिमादका दिवस रानालाई चोरीको मोटरसाईकल दिने गरेको खुल्यो । उनलाई पनि पक्राउ गरेर अनुसन्धान गरेपछि १९ जना पत्ता लागेका हुन्, कास्की प्रहरी प्रमुख अशोक सिंहले भने–त्यसपछि मोटरसाईकल सहित अरुलाई पनि पक्रिन सजिलो भयो । घटनामा सहयोग गर्ने वर्कशप सञ्चालकलाई पनि पक्राउ गरी कारबाही अघि बढाईएको छ ।’

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...