Saturday, April 28, 2018

बाल्टिमोर काउन्टी २०१८ एसियन अमेरिकन एक्सिलेन्ट अवार्ड बाट रविलाल सुनार पुरस्कृत

विजय थापा ,२२ बर्ष पहिले अमेरिका आएका नेपाली मूलका रविलाल सुनार बाल्टिमोर काउन्टी २०१८ एसियन अमेरिकन एक्सिलेन्ट अवार्ड बाट पुरस्कृत भएका छन् । उनि लगायत कूल ४ जना एसियन अमेरिकनले उक्त पुरस्कार प्राप्त गरेका छन् ।

उनलाई बाल्टिमोर काउन्टीले गत मार्च १९ ,२०१८ तारिखको मिति मा पुरस्कृत भएको उक्त पत्रमा जनाएको छ । उक्त पत्रमा सुनारले काउन्टीमा गरेको योगदान को कदर गरेको जनाएको छ ।

मे भनेको एसियन अमेरिकन प्यासिफिक आईल्याण्डर (एएपीआइ) महिना हो र उत्कृष्ट एसियन अमेरिकन बाल्टिमोर को लागि तिमि योग्य भएकोले पुरस्कार दिइएको भनि उक्त पत्रमा जनाएको छ ।

पुरस्कृत भएता पनि एसियन अमेरिकन एक्सिलेन्ट अवार्ड समारोह आगामी मे २३ ,२०१८ मा एक पुस्तकालयमा हुने हुने र उक्त पुरस्कार उक्त दिन प्रदान गरिने पत्र मार्फत बुझिएको छ ।

सुनार चार सन्तानका पिता सन् १९९६ मा अमेरिका आएका हुन् । उनि नासो कम्युनिटी का पूर्व कोषाध्यक्ष हुन् । उनले बाना सामुदायिक भवन खरिद गर्दा योगदान समेत गरेका छन् भने न्याक (नेपाली अमेरिकन कल्चर सेन्टर अफ बाल्टिमोर)का ट्रस्टी पनि हुन् ।

उनले नेपालमा हुँदा जातीय आधारमा गरिने विभेद ,सामाजिक अन्याय बिरुद्ध वकालत गर्दै आएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...