
खोलेसिमल, चितवन १५ बैशाख ।
चितवनको कालिका नगरपालिका वडा नं. ६ मा आज संघीयता, स्थानीय तहको वित्तीय क्षेत्राधिकार र योजना विषयक अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय तहले गर्न सक्ने विभिन्न वित्तीय अधिकार, विभिन्न योजनाहरु निर्माण सम्बन्धमा सो अनुशिक्षण कार्यक्रममा छलफल भएको थियो ।
कालिका नगरपालिकाका नगरप्रमुख, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा प्रशिक्षक डा. खिमलाल देवकोटाले प्रशिक्षण दिएका थिए । कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष कृष्ण कुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराज सुवेदी, वडा नं. ३ का वडा अध्यक्ष टिकाराज रिजाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । सो अनुशिक्षण कार्यक्रम नगरप्रमुख खुमनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
No comments:
Post a Comment