Saturday, April 21, 2018

युवाको श्रमलाई स्वदेशमा नै टिकाउनुपर्ने : मन्त्री तामाङ

काठमाडौँ, ८ वैशाख : कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले युवाको श्रमलाई स्वदेशमा नै टिकाउनुपर्ने बताउनु भएको छ ।
राष्ट्रिय युवा परिषद् नेपालको भक्तपुरमा ‘युवाका मुद्दा, युवा लक्षित कार्यक्रम तथा युवा विकासका लागि सञ्चारक्षेत्रको भूमिका सम्बन्ध’ विषयक सञ्चारकर्मीसँगको अन्तक्र्रिया कार्यक्रमको आज यहाँ समापन गदै उहाँले युवाबिना मुलुकको समृद्धिको कल्पना गर्न नसकिने विचार व्यक्त गर्नुभयो ।

सरकार युवा श्रमलाई स्वदेशमा नै खर्च गर्ने तर्फ लागिरहेको भन्दै उहाँले युवाको पसिनाबाट नै मुलुक बन्ने बताउनुभयो ।
कार्यक्रममा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले वैदेशिक रोजगार भन्दा पनि युवालाई परिषद्ले स्वदेशमा सीपमूलुक तालीम दिएर स्वरोजगार बनाइने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा महेन्द्र विष्टले युवाका सफलताका कुरा सञ्चारकर्मीले सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।

उहाँले सञ्चारमाध्यमममा काम गर्ने धेरै युवा भए पनि युवा सम्बन्धी कुरा त्यतिधेरै नआएको भन्दै युवा सञ्चारकर्मीले युवाको समाचार बढी प्रकाशित गर्नुपर्ने बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...