
न्यूज़ रिपोर्ट साभार:
विश्वमान आङ्गदेम्बे,
प्रेस संयोजक, एन.आर.एन.ए. अन्तर्राष्ट्रिय हेल्थ एण्ड हाइजिन कमिटि
यही अप्रिल २८, २०१८ मा विस्कनसिन राज्यको मिल्वाकीमा “एन.आर.एन.ए. अमेरिका विस्कनसिन च्याप्टर” को पहलमा सोहि च्याप्टरको वार्षिक साधारण सभा तथा “एन.आर.एन.ए अन्तर्राष्ट्रिय हेल्थ एण्ड हाइजिन कमिटि” सँगको सहकार्यमा “स्वास्थ्य सिविर” पनि संचालन भयो I

कार्यक्रममा च्याप्टरका अतिरिक्त “ग्लोबल हेल्थ एण्ड हाइजिन कमिटि” , “एन.आर.एन.ए आइ.सी.सी.”, “एन.आर.एन.ए. अमेरिका क्षेत्र”, “एन.आर.एन.ए. अमेरिका”, तथा “एन.आर.एन.ए. अमेरिका हेल्पडेस्क” को सहयोग तथा सहभागिता थियो I कार्यक्रम विस्कनसिन च्याप्टरका अध्यक्ष बुद्दि सागर सुबेदीको अध्यक्षता तथा एन.आर.एन.ए. अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
I
कार्यक्रममा निम्न एन.आर.एन. नेतृत्वहरुको उपस्थिति थियो – सुनिल साह (वरिष्ठ उपाध्यक्ष, एन.आर.एन.ए. अमेरिका), गोपेंद्र भट्टराई (बोर्ड सदस्य, एन.आर.एन.ए. अमेरिका तथा सभापति, एन.आर.एन.ए. अमेरिका परिचय पत्र समिति), गोबिन्द श्रेष्ठ (वरिष्ठ उप-सभापति, एन.आर.एन.ए अन्तर्राष्ट्रिय हेल्थ एण्ड हाइजिन कमिटि), सत्यनारायण चौधरी (इलिनै च्याप्टर अध्यक्ष), राजीव श्रेष्ठ (अध्यक्ष, इन्डियाना च्याप्टर) I कार्यक्रममा विस्कनसिन, इलिनै, इन्डियाना च्याप्टरका पधादिकारी तथा सदस्यहरुको सहभागिता थियो भने स्थानीय संस्थाहरु मिल्वाकी नेपाली परिवार, मिल्वाकी नेपाली अमेरिकन फ्रेन्डशिप एसोसिएसन (नाफा), नेपलिज अमेरिकन युथ एसोसिएसन (नया) का पधाधिकारी तथा सदस्यहरु लगायत मिल्वाकी, एप्पल्टन, र म्याडिसनक नेपाली समाजका अगुवाहरु तथा स्थानीय वासिन्दा नेपालीहरुको उपस्थिति थियो I

कार्यक्रमको सम्पूर्ण स्पोन्सर एन.आर.एन.ए. अमेरिका क्षेत्रका संयोजक श्री गौरी जोशीबाट भएको थियो I
“स्वास्थ्य परामर्श” कार्यक्रमको रूपरेखा, पूर्वतयारी, तथा कामकार्यहरु जस्तै स्वास्थ्यको लागि पैदल यात्रा, रियल टाइम हेल्थ स्क्रीनिंग, टी – सर्ट डिजाइन, इत्यादिहरुको सम्पूर्ण संयोजन पर्दा पछाडी बसेर एन.आर.एन.ए अन्तर्राष्ट्रिय हेल्थ एण्ड हाइजिन कमिटिका सभापति डा. संजीव सापकोटा र उप-सभापति गोबिन्द श्रेष्ठले गरेका थिए I त्यस्तै करिब दर्जन जति चिकित्सकहरु तथा दर्जनौं रजिस्टर्ड नर्सहरुलाई कार्यक्रममा सहभागी गराउन डा. संजीव सापकोटा अहोरात्र खटेका थिए I

यो कार्यक्रमलाई सफल बनाउन डा. संजीव सापकोटाले अहम भूमिका खेलेका थिए I “स्वास्थ्य परामर्श भेला” पहिला १/२ घन्टाको पैदल यात्रा पछि कार्यक्रम शुरु भएको थियो I कार्यक्रममा रक्त संचार नाप, कोलेस्त्रल नाप, सुगर नाप, बी.एम.आई. नापका साथै स्वास्थ्य परामर्श भएको थियो I
कार्यक्रममा विस्कनसिन राज्यमा कार्यरत नेपाली डाक्टरहरु डा. हरि पौडेल, डा. बिनोद खड्का, डा. बिनोद थापा, डा. बिनोद ढकाल, डा. अजया शर्मा, डा. रुद्र घिमिरे, डा. जनक वाग्ले, डा. प्रभात अधिकारी, डा. राजकुमारी राजवंशी, र डा. सीता जैसीको सहभागिता थियो I त्यस्तै दर्जनौं रजिस्टर्ड नर्सहरुको पनि सहभागितामा १०० भन्दा बढीको विस्तृत स्वास्थ्य जाँच भएको थियो I

कार्यक्रमको शुरुवातमा स्वागत मन्तब्य विस्कनसिन च्याप्टरका उपाध्यक्ष विष्णु अधिकारीले दिनुभएको थियो I कार्यक्रममा “नेपाली उद्धमी व्यवसायी प्रवर्धन” का सदस्य तथा युवा व्यवसायी राम सुबेदी, को-चेयर तिलक के.सी., नयाका अध्यक्ष हरिराज खनाल, नाफाका अध्यक्ष सन्तोष लामिछाने, एम.एन.पी, का कोषाध्यक्ष दीपक थापा, स्वास्थ्य कमिटिका उप-सभापति गोबिन्द श्रेष्ठ, एन.आर.एन.ए. अमेरिका हेल्थ अवेरनेसका सदस्य लाल प्रसाद काफ्ले, र डा. हरि पौडेलहरुले मन्तब्य राख्नुभएको थियो I कार्यक्रमलाई सत्य नारायण चौधरी (इलिनै च्याप्टर अध्यक्ष), राजीव श्रेष्ठ (अध्यक्ष, इन्डियाना च्याप्टर), पूर्व सांसद हरि नेपाल, र गोपेंद्र भट्टराई (बोर्ड सदस्य, एन.आर.एन.ए. अमेरिका तथा सभापति, एन.आर.एन.ए. अमेरिका परिचय पत्र समिति) ले समेत सम्बोधन गर्नुभएको थियो I कार्यक्रममा एन.आर.एन.ए. अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनील शाहले विस्कनसिनका नेपाली समुदायको योगदानको बारेमा चर्चा गर्नुभएको थियो I

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा एन.आर.एन.ए. अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले एन.आर.एन.ए. संगठनले सबै नेपालीको हीतमा काम गरिरहेको तथा सबै नेपालीलाई समेट्ने कुरा प्रष्ट पार्नुभयो I
सोही कार्यक्रममा विस्कनसिन च्याप्टरबाट विस्कनसिन राज्याका जेहेन्दार नेपाली हाई स्कूल बिद्यार्थीहरु इसान लुइंटेल, श्रीया श्रेष्ठ, मोनिका पन्त, र भुविन तिवारीलाई छात्रवृत्तिको प्रमाणपत्र तथा नगद पुरष्कार प्रदान गरिएको थियो I
साथै “स्वास्थ्य परामर्श सिविर” मा खट्नुहुने र आफ्नो अमूल्य समय प्रदान गर्नुहुने सम्पूर्ण चिकित्सक तथा परिचारिकाहरुलाई “प्रशंसा पत्र” प्रदान गरिएको थियो I कार्यक्रममा विस्कनसिन च्याप्टरका सचिव हेमलाल देवकोटाले विस्कनसिन च्याप्टरले हालसम्म गरेका कार्यहरु/उपलब्धिहरु तथा भविष्यमा गर्ने कार्यक्रमहरुको बारेमा प्रकाश पार्नुभएको थियो I

सोही च्याप्टरका कोषाध्यक्ष हरि जोशीले च्याप्टरको आर्थिक विवरण पेश गर्नुभएको थियो I अन्त्यमा आफ्नो छोटो मन्तब्य राख्दै उपस्थित सबैलाई हार्दिक कृतज्ञता व्यक्त गर्दै कार्यक्रमका सभापति तथा विस्कनसिन च्याप्टरका अध्यक्ष बुद्दि सागर सुबेदीले कार्यक्रमको समापन गरेका थिए I
कार्यक्रममा उपस्थित सबै विशिष्ठ अतिथिहरुले विस्कनसिनको यो कार्यक्रमलाई “मिड-वेस्ट” अमेरिकाकै एक उत्कृष्ट कार्यक्रमको रूपमा लिएका थिए I
कार्यक्रमलाई निम्न महानुभावहरुको पन उत्साहजनक सहयोग थियो – खेम पाठक, दिलु के.सी., बाबुराम सापकोटा, ऋषि गैरे, नारायण पोख्रेल, बन्धु पोख्रेल, तथा सर्बज्ञ वाग्ले I
No comments:
Post a Comment