Wednesday, April 4, 2018

डिसी महानगर क्षेत्रमा अप्रिल ५ का दिन भ्रमण ध्वनि(सेलफोन)मा आकस्मिक सतर्क घन्टी बज्ने,चनाखो हुन् आग्रह 

डिसी महानगर क्षेत्रमा अप्रिल ५ का दिन बिहान १० देखि ११ बजे को समयमा परीक्षण गर्ने हेतुले लागि भ्रमण ध्वनि((सेलफोन )मा आकस्मिक सतर्क घन्टी बज्ने भएको छ ।

बिहिबार करिव ५० लाख ग्राहकहरुलाई यस्तो सतर्क घन्टी आउने छ । अमेरिकामा यो सबै भन्दा बिशाल समकालीन परीक्षण हुने छ । यस भेकमा बसोबास गर्ने भ्रमण ध्वनी भएका सबैलाई सावधान घन्टी आउने जनाएको छ ।

बिशेष गरि वाशिंगटन डिसी ,मेरिल्याण्ड तथा उत्तर भर्जिनिया मा बसोबास गर्नेलाई उक्त समयमा होशियार घन्टी आउने छ । डिसी होमल्याण्ड सुरक्षा तथा आकस्मिक व्यवस्थापन संस्थाका निर्देशक क्रिस रोड्रीग्वेज़ ले बिश्व भर धेरै खतरा/धम्कि आई रहने हुनाले हाम्रा जनतालाई छोटो समयमा सूचना दिन सकियोस भनेर यस्तो परीक्षण गर्न लागेको बताएका छन् ।

राष्ट्र कै राजधानी भएकोले यसलाई लक्ष्य गरि रहेको कुरामा उनले यो महत्वपूर्ण भएको जानकारी दिएको समाचार एनबिसी४ मा समाचार छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...