Sunday, April 1, 2018

..साथ र सहयोगका लागि सबैमा हार्दिक अपिल!!

 

 

 

 

 

थुप्रै थुप्रै परदेशिएका नेपालीहरुको कथा ब्यथाहरु जस्तै उनले पनि करिव १७ बर्ष अघि आफ्नो सबै भन्दा प्रिय धर्मपत्नी र काखे बालकलाई नेपालमै छाडि परिवारको सुनौलो भबिस्य साँचेर अमेरिका छिरेका नेपालका ओखलढुंगा निवासी ४७ बर्षका “दिल्ली भट्टराई” ज्युको यही गएको शनिबारका दिन अचानक “ब्रेन हेमरेज” का कारण असामयिक मृत्युु भएको दु:खद खवरले हामी सबैलाई स्तब्ध बनाएको छ।

करिव डेढ बर्ष अघि मात्र अमेरिका आईपुगेका आफ्ना धर्मपत्नी “रमा कँडेल भट्टराई” तथा १५ बर्षिय एक मात्र छोरा “रोहन भट्टरा” का साथ अमेरिकाको यस डि.एम.भी एरियाको सिल्भर स्प्रींग भन्ने स्थानमा बसोबास गर्दै आउनु भएका स्व. डिल्ली भट्टराईको आकस्मिक निधनले उहाँको मृतआत्माको चिर शान्तिको कामना गर्दै शोक संतप्त परिवारजनहरु, आफन्तहरु, साथीभाइ तथा शुभचिन्तकहरुमा भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै भगवानले धैर्य धारण गर्न सक्ने क्षमता प्रदान गरून् भनी प्रार्थना गर्दछौं।

करिव १४ बर्षको लामो बिछोड पछि बल्ल बल्ल भेटेका आफ्ना प्रिय श्रीमानसंगको केही खुशीका पलहरु साँच्नै नपाई निष्ठुरी दैवले यस्तो दु:खद अनि विषम् परिस्थिति सृजना गरिदिँदा बेरोजगार “रमा कँडेल भट्टराई” लाई अहिले झनै अफ्ट्यारो अवस्था आईपरेको छ। महँगो अमेरिकी दैनिकी, आफ्नो भर्खरको नावालक छोरा “रोहन” को पढाइ र भबिस्यलाई लिएर उनी अहिले अत्यन्तै चिन्तित छिन् र सबै नेपाली दाजुभाइ दिदिबहिनी लगायत सामाजिक संघसंस्थाहरु सामु सक्दो साथ र सहयोगको लागि गुहार माग्दै अपिल गरेकी छिन्।

एक नेपाली परिवारलाई पर्न गएको यस दु:खद घडीमा आउनुहोस् , हामी सबैबाट यथासिघ्र सक्दो आवश्यक साथ र  आकस्मिक सहयोग गरौं भन्दै #NRNAhelpDESK लगायत अमेरिकाभर संचालित सम्पुर्ण जिम्मेवार स्थानीय सामाजिक संघसंस्थाहरु लगायत सम्पुर्ण  समाजसेवी अभियन्ता, पत्रकारहरु तथा सहयोगी मनहरुलाई यस बिषयमा गम्भीर ध्यानाकर्षण गराउँदै सबैमा सहयोगका लागि हामी हार्दिक अपील गर्दछौं ।

सहयोगका लागि यहाँ क्लिक गर्नुहोस् । https://www.gofundme.com/unexpecteddeathoffamilyfriend

..भगवान श्री पशुपतिनाथले सबैको कल्याण गरुन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...