Monday, April 30, 2018

स्पेनिस ला लिगाको उपाधि बार्सिलोनालाई

लण्डन, १७ वैशाख । स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । आइतबार राति भएको खेलमा रेलिगेसन जोनको डिपोर्टिभो ला करुनालाई ४ – २ ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो ।

डिपोर्टिभोको मैदानमा भएको खेलमा बार्सिलोनालाई च्याम्पियन बनाउन लियोनल मेस्सीले ह्याट्रिक गरे । यस्तै फिलिपे कौटिन्होको नाममा एक गोल रह्यो । डिपोर्टिभोका लुकास परेज र इम्रे कोलकले एक एक गोल फर्काए ।

योसँगै बार्सिलोनाले चार खेल अगावै स्पेनिस ला लिगाको उपाधि जितेको हो । बार्सिलोनाको यो २५ औं ला लिगा उपाधि समेत हो । सर्वा्धिक बढी ला लिगाको उपाधि जित्ने किर्तिमान रियल मड्रिडको नाममा रहेको छ । रियलले हालसम्म ३३ औं पटक उपाधि जितेको छ । रियलसँग बराबरी गर्न बार्सिलोनाले अझै ८ पटक उपाधि जित्नु पर्ने हुन्छ ।

डिपोर्टिभोविरुद्ध सहज जित निकाल्ने क्रममा बार्सिलोनाले खेलको सातौं मिनेटमा कौटिन्होको गोलबाट सुरुवाती अग्रता लिएको थियो । खेलको ३८ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २ – ० को अग्रता दिलाए । खेलको ४० औं मिनेटमा डिपोर्टिभोका परेजले गोल गर्दै खेल २ – १ ल्याए ।

दोसो हाफको ६४ औं मिनेटमा डिपोर्टिभोका कोलकले गोल गर्दै खेल २ – २ को बराबरी बनाए । तर, खेलको पाँच मिनेटअघि मेस्सीले ३ मिनेटभित्र दुई गोल गर्दै बार्सिलोनालाई च्याम्पियन बनाए । खेलको ८३ औं मिनेटमा मेस्सीले दोस्रो गोल गर्दै बार्सिलोनालाई ३ – २ को अग्रता दिलाए । त्यसपछि खेलको ८५ औं मिनेटमा मेस्सीले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दा बार्सिलोनाले ४ – २ को सहज जित निकाल्न सफल भयो ।

जितसँगै बार्सिलोनाले ३४ खेलबाट ८६ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा ११ अंकले अघि छ । एथ्लेटिकोको ७५ अंक छ । यस्तै तेस्रो स्थानको रियल मड्रिडको ७१ अंक छ । पराजित डिपोर्टिभो २८ अंक जोडेर पुछारबाट तेस्रो स्थानमा छ । – एजेन्सी

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...