Wednesday, April 25, 2018

जुन ३० मा उत्तर अमेरिका सीमाना वारिपारि काव्य संगममा सहभागी हुन चाहनेहरुले नाम दर्ता गर्ने बारे

नेपाली साहित्य समाज, क्यानडाको आयोजनामा अमेरिका र क्यानाडामा वसोवास गर्दै साहित्य सिर्जना  गरिरहेका नेपाली साहित्यकारहरुको उपस्थितिमा अमेरिका र क्यानाडाको सिमानामा अवस्थित विश्वप्रसिद्ध नियाग्रा फल्सआगाडि   सीमाना वारिपारि काव्य संगममा सहभागी हुन् चाहने सहित्यकर्मीहरुले यथाशिघ्र नाम दर्ता गर्नु पर्ने भएको छ। नियग्रमा गर्मीयाममा विश्वबाट नै पर्यटकहरुको घुइचो लाग्ने भएकोले समयमा नै बास स्थानका लागि अग्रीम बूकिंग गर्नु पर्ने हुन्छ।  यसका लागि हामीले BnBAir प्रक्रियाबाट चार पाँच कोठा भएको घर बुक गर्ने चाजो मिलाउदै छौ. यसो गर्दा सस्तो पर्छ. त्यसैले सहभागी हुन् चाहने साहित्यकर्मी मित्रहरुले अप्रेल ३० भित्र नाम पठाउनु पर्ने हुञ्छ. सहभागी हुन् चाहनेले यस इमेलमा सम्पर्क गरेपछि आयोजकबाट सम्पूर्ण जानकारी पाउने हुनेछ। [email protected]

जुन ३०, २०१८  शनिवारका  दिन आयोजना गरिने भएको छ उक्त पहिलो  सीमा वारिपारि काब्य संगम गोष्ठीमा सहभागी हुनेहरुले एउटा आफूलाई मनपरेको कविता र अर्को  नियाग्रा फल्स  वा प्रकृतिमाथि लेखिएको कविता  नियाग्रा फल्सआगाडी रहेको चउरमा वाचन गरिने छ. वाचित कविताको संग्रह “कविका  आँखामा   नियाग्रा फल्स ” मा प्रकाशित गरिने छ. उपस्थित कविहरुलाई  नियाग्रा फल्स प्रतिविम्वित  प्रथम  उत्तर अमेरिका सीमाना वारिपारि काव्य वाचकको प्रतीक प्रदान गरिने छ।

दर्ता शुल्क $ १०.

कृपया आफ्ना मित्र आफन्त तथा इच्छुक साहित्यकर्मी र साहित्यप्रेमी हरुलाई पनि सहभागिताका लागि अनुरोध गरिदिनु होला।

सम्पर्क इमेल : [email protected]

डा. गोविन्द सिंह रावत                    संयोजक

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...