Tuesday, April 24, 2018

बस र ट्रक ठक्कर खाँदा एकको मृत्यु, १९ घाइते

चितवन ११ वैशाख : नारायणगढ—मुग्लिन सडकखण्डअन्तर्गत स्याउली बजारमा आज बिहान ६ बजे बस र ट्रक एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बसका सहचालक मकवानपुर धियाल–९ बस्ने वर्ष ४४ का चन्द्रबहादुर तिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

इटहरीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख १५२१ नम्बरको बस र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ७५२८ को ट्रक इच्छाकामना गाउँपालिका–५ स्याउली बजारमा एकापसमा ठक्कर खाँदा सहचालक तिमल्सिनाको मृत्यु भएको हो भने १९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये पाँचजनाको चितवन मेडिकल कलेज र अन्यको कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पताल, भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बसले अगाडिको गाडीलाई उछिन्ने क्रममा सो दुर्घटना भएको उहाँले बताउनुभयो । दुर्घटनाका कारण सडक एकतर्फ मात्र सञ्चालनमा छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...