Saturday, April 28, 2018

अन्तर्राष्ट्रियस्तरको मापदण्ड बनाइने : मन्त्री विष्ट

काठमाडौँ, १५ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमिकको सुरक्षा र स्वास्थ्यको सम्बन्धमा अन्तर्राष्ट्रि««य मापदण्डअनुसार काम गरिने बताउनुभएको छ ।
श्रम विभागको ‘१८ औं राष्ट्रि««य व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह २०७५’ को आज काठमाडौंँमा उद्घाटन गर्दै मन्त्री विष्टले सो कुरा बताउनुभएको हो ।
“व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको सन्दर्भमा गरेको व्यवस्थालाई कडाइका साथ पालना गराउन सरकारी निकायले सक्रिय भूमिका खेल्नेछ ।” उहाँले भन्नुभयो ।
मन्त्री विष्टले श्रमिकको हकअधिकार थप सुनिश्चित गर्नका लागि अपुग प्रावधान सच्याएर अघि बढ्नेसमेत प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालमा सुधार गर्नका लागि सम्बन्धित औद्योगिक तथा व्यवसायिक प्रतिष्ठान, सरकारी कार्यालय, विभिन्न संस्थान, श्रमिक र श्रमिकसँग सरोकार राख्ने संघ संस्था सबैको सामूहिक सहयोग हुन जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो ।
श्रम विभागले आयोजना गरेको प्रभातफेरि कार्यक्रममा श्रम युनियनका प्रतिनिधि, टेक्निकल कलेजका विद्यार्थी, रोजगारदाता व्यक्तिको सहभागिता रहेको थियो ।

प्रभातफेरि वसन्तपुरबाट शुरु भएर टुँडिखेलमा आएर समापन भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...