Friday, April 6, 2018

पोखरामा भिटेनका क्रेजी लेडिज फ्यान, सिमसिमे पानी हटाएकोमा यस्तो सम्म भने भिटेनलाई (भिडियो सहित)

भिटेनको सिमसिमे पानी अफिसियल यूट्यूब च्यानलबाट हाएपछि यसको चर्चा बढि हुन थालेको छ । भिटेन(समिर घिसिङ) जो पछिल्लो समय युवा र्यापरको रुपमा नाम कमाउँदै आएका छन् । बिभिन्न मेला महोत्सव देखी देश बिदेश सम्म उनको र्याप हिट छ । तर मेला महोत्सवमा समेत उनको गीत र शब्दमा अस्लिलता आएको भन्दै त्यसको बिरोध समेत केही व्यक्ति समुदायहरुले गरे । पछिल्लो पटक उनको नयाँ गीत सिमसिमे पानी बजारमा आयो । यो बजारमा आएको वा भनौं यूट्यूवमा राखिएको २४ घण्टा नबित्दै हटाईएको थियो । भिटेनको अफिसियल एकाउन्टबाट अपलोड भएको गीत हटाएपछि किन हटाईयो भन्नेबारे सामाजिक संजालमा खुबै चर्चा भयो । हामीले पोखराका केही युवा साथिहरुलाई बिभिन्न ठाउँमा भेटेर कुराकानी गरेका थियौं । भिटेनको गीत किन हटाईयो भनेर । यसमा धेरै लेडिजहरु भिटेनको फ्यान भएको र राम्रो लागेको प्रतिकृया दिएका थिए भने केहीले भल्गर वा शब्दमा ख्याल नगर्दा हटाउनु परेको बताएका थिए । हेरौं यो केही ब्यक्तिहरुसंग भिटेनको बारेमा गरिएको कुराकानी ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...