Saturday, April 7, 2018

कथाकार सरिता अर्यालको पुरुष विमोचित

७ अप्रिल, काठमाडौं
नेपाली साहित्यको प्रकाशनको क्षेत्रमा उत्कृष्ट साहित्यिक एवम् विविध पुस्तकहरुको प्रकाशन गर्दै आइरहेको वीएन पुस्तक संसार प्रा.लि.ले कथाकार सरिता अर्यालको नवीनतम कथाकृति पुरुष प्रकाशनमा ल्याएको छ ।  कथाकार सरिता अर्यालको यो दोश्रो कथाकृति हो ।
वीएन पस्तकले शिल्पी थियटरमा आयोजित समारोहमा सांसद पम्फा भूसाल, कवयित्री कुन्ता शर्मा , सूचना आयुक्त यशोदा तिम्सिना, गुञ्जनकी अध्यक्ष हिरण्यकुमारी पाठक, सुष्मा ओमाटा, स्मिता घिमिरे तथा लेखिका स्वयम्ले संयुक्त रुपमा विमोचन गरेका थिए ।
कार्यक्रममा समीक्षक महेश पौड्यालले अधिकाँस कथामा महिला पुरुष वीच हुने प्रेम, विछोड, पुरुषद्वारा प्रताडित महिलाका व्यथा नै समेटिएको वताए । वक्ताहरु यशोदा तिम्सिना, लेखिका सरिता अर्यालले समेत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन ममता नेपाल शर।माले गरेकी थिइन् ।
स्मरणीय छ वीएन पुस्तकले हालै नौ आइजिपिसङ्गका अनुभुति ,कालो छाया,मध्यान्तर, अघि सरेका पाइला, स्वको खोजि जस्ता चर्चित कृतिहरुको प्रकाशन गरेको छ ।
(www.vpkonlinenews.com को सौजन्य)

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...