
बिजय थापा ,डिसी, अमेरिका नेपाल सहयोगी समाज(एएनएचएस) ले २०१८ का कार्यक्रमहरुका घोषणा गरेको छ । समुदाय बढ्दै गएको र कार्यक्रम माथि कार्यक्रम जुध्ने अवस्था भएकोले अप्रिल २०१९ सम्म आफ्ना कार्यक्रम प्रस्तुत गरेको छ ।
यसो गर्नु को मुख्य कारण समुदाय बाक्लिदै गएको र एकै पटक थुप्रै कार्यक्रम हुने हुँदा कार्यक्रममा समुदाय सदस्य हरुलाई भ्याई नभ्याई हुने हुनाले एक बर्ष को कार्यक्रम नै ल्याई सूचना दिइएको जानकारी अध्यक्ष कमला खरेल ले बताइन ।
उनले अगाडी भनिन यसो गर्दा पहिलो घोषणा गरेका कार्यक्रम मा अन्य कार्यक्रम नजुध्ने र त्यहि अनुसत अन्य संस्थाले आफ्नो कार्यक्रम तय गर्ने बताइन । अमेरिका नेपाल सहयोगी समाज(एएनएचएस) ले भर्खरै मात्र सामाजिक संजाल एएनएचएस हेल्पलाइन को घोषणा गरेको छ ।
अमेरिका कै क्रियाशील संस्था मध्ये कै समाज सेवामा अग्रणी भूमिका निर्वाह गर्दै नेपाली समुदायलाई मर्दापर्दा साथ दिने संस्था एएनएचएसले आकस्मिक कोष पनि खोलेको छ ।
आगामी कार्यक्रमहरुमा जुन १७ तारिख एएनएचएस बनभोज ,अगस्त ४ तारिख स्वास्थ्य परिक्षण ,सेप्टेम्बर १ तारिख तीज कार्यक्रम ,सेप्टेम्बर १५ तारिख ऋषि पंचमी ,नोवेम्बर ४ तारिख हे मार्केट डे ,फेब्रुअरी १० तारिख एएनएचएस एकडेमी तेश्रो उत्सव तथा अप्रिल २७ तारिख एएनएचएस साधारण सभा राखेको छ ।
संस्थाले आफ्ना कार्यक्रम अग्रिम रुपमा राखेकोले उक्त समयमा कुनै पनि कार्यक्रम नराखी दिन समेत आग्रह गरेको छ ।
No comments:
Post a Comment