Wednesday, April 25, 2018

रुकुममा कांग्रेसको ‘छायाँ सरकार’

धबार रुकुमको त्रिवेणी गाउँपालिकामा छायाँ सरकार गठन गरेको हो ।

कांग्रेस नेता एवं त्रिवेणी गाउँपालिकामा कांग्रेसका तर्फबाट अध्यक्षका उम्मेदवार देवबहादुर ओलीको अध्यक्षतामा १५ सदस्यीय गाउँपालिकास्तरीय छायाँ सरकार गठन गरेको कांग्रेस रुकुमले जानकारी दिएको छ ।

जनप्रतिनिधिहरूले जनताको इच्छा, आवश्यकताभन्दा पनि आफ्नो स्वार्थ पूरा गर्ने ढंगले काम गरिरहेकाले यसलाई रोक्न छायाँ सरकार गठन गरिएको कांग्रेस रुकुमका सभापति प्रेमप्रकाश ओलीले जानकारी दिए ।

जनप्रतिनिधिको नाममा भइरहेका विकृतिलाई रोक्न छायाँ सरकार गठन गरिएको उनको भनाइ छ ।

जिल्लाका सबै स्थानीय तह र जिल्लामा पनि छायाँ सरकार गठन गर्ने कांग्रेसको तयारी छ । रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...