Sunday, April 29, 2018

मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

राजविराज, १६ वैशाख : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ स्थित मिलन चोकमा गएराति मोइक्रोबस र भारतीय ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

काभ्रेपलाञ्चोक नमोबुध नगरपालिका–२ फूलबारी बस्ने मोइक्रोबस चालक ३५ वर्षीय रामशरण गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

काठमाडौँबाट सप्तरीको फतेपुर आउँदै गरेको बा४ख ८२४८ नम्बरको मोइक्रोबस (हायस) र विपरीत दिशाबाट जाँदै गरेको बीआर ०६ जीसी ७६६६ नम्बरको भारतीय ट्रक एकापसमा ठोकिएको थियो ।

ठक्कर दिने ट्रकको चालक फरार रहेकाले उनको खोजी कार्य भइरहेको इलाका प्रकरी कार्यालय कल्याणपुरले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...