Sunday, April 22, 2018

दोस्रो नर्थ क्यारोलिना नेपाल परेड दिवस सफलतापूर्वक सम्पन्न

सुवास ढकाल ,यो नेपाली शिर उचाली संसारमा लम्कन्छ दोश्रो नेपाल दिवश आत्यधिक सफलताका साथ सु-सम्पन्न भएको छ । अमेरिकाका नर्थ क्यरोलाइना राज्यमा नेपालीमुलका मानिसहरुको स्वतस्फुर्तरुपमा उल्लेखनीय उपस्थितिका साथ मिति अप्रिल २१, २०१८ का दिन नेपाल दिवश भव्य कार्यक्रमहरुका साथ सम्पन्न भएको छ ।

कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेकोमा हामी सबै सहभागीहरुमा मुरी मुरी धन्यवाद छ । हामी सबैको अथक परिश्रमको परिणाम हो आज हामी इतिहास रच्न सफल भएका छौं । यो कार्यक्रम अब निरन्तर चलिरहन्छ, आउँदा वर्षहरुमा आयोजक फेरियेलान, प्रस्तुति फेरियेलान, स्वरुप परिवर्तन होला तर भावना झन् झन् गहिरो हुदै जाने छ, सहभागिता झन् झन् बढ्दै जाने छ | किनभने, यो त स्वतस्फुर्त रुपमा जागृत भावाना हो, आत्मियता हो, सम्मान हो अनि पहिचान हो ।

कार्यक्रमको पहिलो चरणमा विभिन्न झाँकीहरु सहितको परेड थियो, दोश्रो चरणमा कार्यक्रम संचालक, अमेरिकाका लागि नेपाली राजदुत, नर्थ क्यरोलाइना राज्य एवं मोरिस्विल शहरका प्रतिनिधिहरु तथा अन्य समाजसेवीहरुको मन्तव्यको कार्यक्रम थियो एवं अन्तिम चरणमा सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुति थियो ।


नेपाल सेन्टर अफ नर्थ क्यरोलाइनाका अध्यक्ष्य डा. बाटु शर्मा एवं उपाध्यक्ष्य रबिन्द्र कार्कीले आफ्नो मन्तब्यमा कार्यक्रम सबैको अथक प्रयास एवं परिश्रमका कारण सफल भएको कुरा राख्नु भएको थियो ।

कार्यक्रमको संचालान संस्थाका सचिव बिक्रम गौतम, नेपाली स्कूलका संचालिका सुजाता ढुंगेल एवं संस्थाका सदस्य जितमान बस्नेतले गर्नु भएको थियो ।

“यो नेपाली शिर उचाली संसारमा लम्कन्छ” यो गीत घन्काउदै सात समुन्द्रपारीको भुमिमा गर्वसाथ नेपाल बोकेर हिडीरहेकाहरु देख्दा लाग्यो – हामी विदेशिएका होइनौ विश्वव्यापी भएका हौँ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...