Tuesday, April 10, 2018

उखुको तातो रस खस्दा मृत्यु

कलैया, २७ चैत : बाराको कलैया उपमहानगरपालिका वडा नं २४ श्रीपुरस्थित रिलाइन्स सुगरमिलमा उखुको तातो रस बग्ने ट्याङ्की फुट्दा तातो रस जीउमा खसेर एक जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

आज बिहान सो ट्याङ्की अचानक फुट्दा ठेगाना नखुलेका भारतीय कामदार अन्दाजी ४५ वर्षीय राम स्नेहीको मृत्यु भएको बारा प्रहरीले जनाएको छ । गम्भीर घाइते स्नेहीको कलैया अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भुनेश्वर साहले जानकारी दिनुभयो ।

घाइतेमध्ये रमेश यादवको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ । घाइतेलाई कलैयामा उपचार हुन नसकी थप उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि पठाइएको छ । मिल सुरक्षाकर्मीले घेरा हाली थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...