Monday, April 30, 2018

२५६२ औं बुद्ध जयन्ती अमेरिकामा पनि मनाइयो

केन्टकी/ विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६२ औं बुद्ध जयन्ती अमेरिकाको केन्टकी राज्यको लेक्जिन्टनमा दीप प्रज्वलन, बुद्ध र बुद्धत्वको बारेमा चर्चा एवम् शुभकामना आदान प्रदान गर्दै मनाइएको छ ।

अन्तराष्ट्रिय नेपाली कलाकार समाज केन्टकी च्याप्टरको आयोजनमा भएको उक्त कार्यक्रममा विभिन्न संघ सस्थाका पदाधिकारीका साथै केन्टकीमा बस्ने नेपाली जनसमुदायको पनि उपस्थिति थियो ।

विभिन्न व्यक्तित्वले शान्तिका अग्रदुत बुद्धबारेमा बोल्दै उनका उपदेश कहिल्यै बिर्सन नहुने बताएका थिए । विश्वमा नेपाल र नेपाली भनेर चिनाउने बुद्ध र सगरमाथा रहेको उल्लेख गर्दैले यसको प्रचारप्रसारमा जोड दिनु पर्नेमा वक्ताहरूले बोलेका थिए ।

जय प्रकाश रिजालले संचालन गरेको उक्त कार्यक्रममा संस्थाका सचिव अर्जुन थापाले स्वागत मन्तव्य राख्दै उपस्थित सबैलाई स्वागत गरेका थिए । कार्यक्रममा कलाकारहरु मुरारी गुरागाईं, सरु गुरागाईं, सनातन रेग्मी, सरोज अधिकारी, मंजु रसाइली, सुशील केसी लगायतका कलाकारले बुद्धसम्बन्धि भजन र गीत प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष कलाकार गोपाल नेपाल फिस्टे धन्यवाद सहित कार्यक्रमको समापन गरेका थिए ।

फरक धार बाट

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...