Saturday, April 28, 2018

आज अप्रिल २८ कै दिन बिश्व प्रसिद्ध मुडकीवाज मोहम्मद अलीको पदकपेटी यसरी खोसिएको थियो

विजय थापा ,अप्रिल २८ ,विश्व प्रसिद्ध अधिक वजन समूहका मुडकीवाज मोहम्मद अलीले भियतनाम युद्धमा जान अस्विकार गरेको दिन हो । ३ पटक बिश्व बिजेता बनेका अलिले भियतनाम युद्धमा जान र अमेरिकन सेनामा प्रवेश गर्न अस्विकार गरे पछि उनले जितेको पदक पेटी पनि खोसिएको थियो ।

उनको पहिलाको नाम क्यासियस मार्सेलस क्ले , जूनियर हो । उनको जन्म लुइसभिल केन्टकी मा सन् १९४२ जनवरी १७ मा भएको थियो भने मृत्यु जुन ३ ,२०१६ मा फिनिक्स एरिजोनामा भएको थियो ।

उनलाई बीबीसी ले स्पोर्ट्स पर्सनालिटि अफ द सेन्चुरी तथा स्पोर्ट्स इलस्ट्रेटेड द्वारा स्पोर्ट्सम्यान अफ द सेन्चुरी को सम्मान दिएको थियो। आज अप्रिल २८ तारिख कै दिन उनले सेनामा प्रवेश गर्न र आफ्नो धर्म ईशाई बाट मुसलमान धर्म परिवर्तन गराएको कारण सेनामा भर्ना हुने कुराको परित्याग गरेका थिए ।

उनले सन् १९६४ मा धर्म परिवर्तन गरेका थिए भने अप्रिल २८ १९६७ मा त्यसो भनेका हुनाले ५ बर्ष झ्यालखानाको सजाय पाएका थिए । र ,उनलाई $ १० हजार डलर जरिवाना र ३ बर्ष सम्म मुड्की खेलमा भाग लिन नपाउने प्रतिबन्ध लगाइएको थियो ।

झ्यालखाना बाट छुटे पछि अक्टोबर २६ ,१९७० मा एटलान्टामा भएको मुडकी प्रतियोगितामा जेरी क्वारी लाई तेश्रो घन्टीमा चित बनाएका थिए । उनले जुन १९७९ मा खेल प्रतिस्प्रद्धा बाट अवकास लिएका थिए । सन् १९८४ मा उनलाई पार्किन्सन रोग भएको पत्ता लागेको थियो । डिसेम्बर ११ ,१९८१ मा ट्रेभर बेर्बिक संग पराजित भए पछि उनले सधै को लागि खेल जीवन त्याग गरेका थिए ।

अमेरिकन नागरिक भए पछि युद्ध परेमा पुरुषले सैन्य दलमा अनिवार्य रुपमा जानै पर्ने हुन्छ । नजाने भने पछि उनको पेटी र झ्यालखाना को सजाय पाएका हुन् । १८ बर्ष देखि २५ बर्षका युवाहरुले मिलिटरी सेलेक्टिभ सर्विस एक्ट नामक सेनाको कार्यक्रम अनुसार चयनात्मक सेवामा दर्ता गराउनु पर्ने हुन्छ । सन् १९७५मा यसलाई खारेज गरिएको भएता पनि राष्ट्रपति कार्टर ले पुन १९८० मा लागू गराएका थिए ।

अझ पनि देशलाई युद्ध को समयमा जनशक्ति भबिष्यमा सङ्कट परेमा र आवस्यकता परेमा दर्ता गराइन्छ र गर्नु पर्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...