Wednesday, April 25, 2018

राष्ट्रपतिबाट हनुमान ढोका दरबार क्षेत्रको अवलोकन

काठमाडौँ, १२ वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीबाट हनुमान ढोका दरबार क्षेत्र वरपर हुँदैआएका ऐतिहासिक सम्पदाको पुनःनिर्माणसम्बन्धी गतिविधिको आज अवलोकन भयो ।
गोरखाको बारपाक केन्द्रबिन्दु भई विसं २०७२ वैशाख १२ गते गएको भूकम्पबाट काष्ठमण्डप, हनुमान ढोका दरबारसहित त्यस क्षेत्रका ऐतिहासिक सम्पदामा ठूलो क्षति पुगेको थियो ।

राष्ट्रपति भण्डारीले बसन्तपुर गद्दी बैठक, काष्ठमण्डप, हनुमान ढोका दरबार परिसरका सम्पदाको पुनःनिर्माणसम्बन्धी गतिविधिको चासोपूर्वक जानकारी लिनुभएको थियो ।

अवलोकनपछि राष्ट्रपति भण्डारीले नेपाली संस्कृति र परम्पराअनुसारका ऐतिहासिक सम्पदाको पुनःनिर्माणमा आफ्नो मौलिकतालाई कायमै राखेर अघि बढ्न निर्देशन दिनुभयो ।

पुनःनिर्माणको काम ढिलै भए पनि अघि बढेकाले अब यसलाई निरन्तरता दिन राष्ट्रपतिबाट निर्देशन भएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो ।

भूकम्पबाट क्षति भएकामध्ये नौ तल्ले दरबार चीन र गद्दी बैठक अमेरिकाको सहयोगमा निर्माण हुँदैछ भने स्वदेशी लगानीमा काष्ठमण्डप बनाइने छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...