Saturday, April 21, 2018

गोर्खाले व्यहोरेको क्षतिको यथोचित सम्बोधन हुनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, ८ वैशाख: प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटिस सेनाबाट सेवानिवृत्त भएका भूतपूर्व गोर्खा सैनिकको माग सम्बोधनका लागि नेपाल सरकारले ब्रिटिस सरकारसँग ठोस पहल र वार्ता गर्ने बताउनुभएको छ ।

गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) लगायतका आन्दोलनरत संयुक्त ब्रिटिस गोर्खा आन्दोलन समितिका टोलीसँग आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री ओलीले गोर्खाको न्यायोचित माग वार्ताको माध्यमबाट उपयुक्त ढंगले सम्बोधन गर्नका लागि सरकारले पहल गर्ने बताउनुभयो ।

गोर्खा सैनिकले उठाउँदै आएका माग सम्बोधनका लागि सरकारले ब्रिटिस सरकारसँग छलफल जारी राखेको प्रधानमन्त्री ओलीले बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

“पूूर्व गोर्खाका न्यायोचित मागलाई सम्बोधन गर्न ब्रिटिस सरकार तयार हुँदै गएको पाएको छु । यसअघि ब्रिटिस रक्षामन्त्रीले पनि गोर्खाको माग सम्बोधनका लागि ब्रिटिस सरकार तयार रहेको बताएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रा जायज कुरालाई हामीले दोहो¥याएर, तेहे¥याएर भन्नुपर्छ, म विश्वस्त छु, वार्ताको माध्यमबाट गोर्खाको माग उपयुक्त ढंगले सम्बोधन गर्न सकिन्छ ।”

उहाँले गोर्खाको कारण ब्रिटिसले विभिन्न युद्धहरु जितेको बताउनुभयो । तर, युद्धमा बाहेक अन्य समयमा गोर्खाहरुलाई गरिएको विभेद र असमानता गरिनु दुःखद भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...