Monday, April 9, 2018

काँगडामा स्कुल बस दुर्घटना, २७ बालबालिकासहित ३० को मृत्यु

काठमाडौँ, २६ चैत । भारतको हिमाञ्चल प्रदेशस्थित काँगडामा सोमबार साँझ स्कुल बस दुर्घटना हुँदा २७ बालबालिकासहित ३० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये अधिकांश बालबालिका १० वर्ष मूनिका रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

वासिङराम सिंह मेमोरियल विद्यालयका विद्यार्थीलाई विद्यालयबाट घर पुर्‍याउन हिँडेको बस दुर्घटनामा परेको हो । दुर्घटनामा २ शिक्षक र बस चालकको पनि मृत्यु भएको छ । बसमा ४० जना बाललिका सवार थिए । घाइते बालबालिकाहरुलाई स्थानीय अस्पतालहरुमा उचार गरिरहेको हिमाञ्चल प्रदेशका एक सरकारी अधिकारीले भारतीय सञ्चार माध्यमलाई जानकारी दिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...