Saturday, April 7, 2018

ट्रम्प सञ्चारकर्मीको भोजमा सहभागी नबन्ने

वासिङ्टन, २३ चैत (एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्ष पनि सञ्चारकर्मीको आयोजनामा गरिने भोज कार्यक्रममा सहभागिता नजनाउने निर्णय गर्नुभएको आयोजकले जनाएको छ ।

हामीलाई राष्ट्रपति ट्रम्पद्वारा ह्वाइट हाउसका सञ्चारकर्मीको संगठनद्वारा आयोजनामा यही अप्रिल २८ मा गरिने वार्षिक भोज कार्यक्रममा सहभागिता नजनाउने राष्ट्रपतिको कार्यालयले सूचना दिइसकेको छ, भोज आयोजक संगठनका अध्यक्ष मार्गरेट तालेवले शुक्रबार एक विज्ञप्तिमार्फत् जानकारी गराउनुभएको छ ।

अमेरिकी राष्ट्रपतिले सिएनएन र न्यूयोर्क टाइम्सजस्ता अमेरिकी प्रमुख सञ्चारमाध्यमहरू निरन्तर आफूविरूद्ध पूर्वाग्रही बनेको बताउँदै आउनुभएको छ ।

ट्रम्पले गतवर्ष भोजभइरहेकै समयमा आफ्ना समर्थकहरूले आयोजना गरेको प्रदर्शनमा सहभागिता जनाउनुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...