Sunday, April 1, 2018

चैतको शृखला सँझ्या सम्पन्न ३ कविको प्रस्तुति

प्रत्येक महिना साहित्यिक कार्यक्रम गर्दै आएको ‘सँझ्या’को चैतको शृखला सम्पन्न भएको छ । यस महिनाको यात्रामा साहित्यकार दामोदर पुडासैनी ‘किशोर’, शान्तिप्रिय वन्दना तथा हेम प्रभासले आफ्ना कविताहरु प्रस्तुत गरेका छन् ।

वरिष्ठ साहित्यकार पुडासैनीले जागिरे जीवनका दौडानका देश तथा विदेशका विभिन्न भागमा पुगेर रचना गरेका कविता सुनाएका थिए । उनले सहर विनाको सहर, पहाड र प्रेम, परदेशमा भेटिएको देश, प्लोटोजेन्से कारागारको प्रतिध्वनि, तालहरूको किनारमा उभिएर लगायत कविता सुनाएका थिए ।

कवि हेम प्रभासले आधुनिक ईश्वर, तिम्रो सिर्जना ,एकादेशमा, प्रतिबन्ध, यात्रामा हामी, पत्रको सारांश, भेट र पृथकता, बोल्न नसकेको आवाज कविता सुनाएका थिए । उनका कवितामा जीवन दर्शन, प्रेम, नारी संवेदना आदि समेटिएका थिए ।

कवियत्री शान्ति प्रियवन्दनाले देशको समसामयिक विम्बलाई केन्द्रमा राखेर राम, सरदार मलाई जवाफ चाहियो, फूलको महक, स्वन्त्रता, चोभारको गल्छी, नखुलेको डोब, स्थाको अवसान लगायत शीर्षकका कविता प्रस्तुत गरेकी थिइन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...