Monday, April 23, 2018

देश समृद्धितिर अगाडि बढ्यो : मुख्यमन्त्री राई

खोटाङ, १० वैशाख :प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले तीनै तहमा स्थिर सरकार गठन भइसकेकाले देश समृद्धितिर अगाडि बढेको बताउनुभएको छ ।

प्रेस चौतारी र प्रेस सेन्टर नेपालले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले स्थिर सरकार बनेकाले अब कुनै अलमल नगरी मुलुक समृद्धितिर बढेको छ भन्नुभयो ।

“विभिन्न विषयलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम तयार गर्ने काम भइरहेको छ,” मुख्यमन्त्री राईले भन्नुभयो, “यो प्रदेशलाई मुलुककै समृद्ध प्रदेश बनाउनेगरी बजेट तथा कार्यक्रमहरु निर्माण भइरहेका छन् ।”

यसैबीच मुख्यमन्त्री राइले आजै जिल्लास्थित कार्यालय प्रमुखहरुलाई जनप्रतिनिधिसँग समन्वय गरेर काम गर्न निर्देशन दिनुभयो ।

“संघीयतालाई कार्यान्वयन गर्ने जिम्मा हामी सबैको हो,” उहाँले भन्नुभयो, “जनप्रतिनिधिसँग मिलेर काम गर्नुस्, तपाइँ हामी सबैको इतिहास बन्नेछ ।”

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...