Tuesday, April 10, 2018

जर्मनी भाषामा अनुदित भै प्रकाशित कृति सन्दर्भमा कार्यक्रम आयोजना गरिंदै

९ अप्रिल, वाशिंटन डिसी,

नेपाली साहित्यका विभिन्न कृतिहरु विश्वका विभिन्न भाषाहरुमा अनुवाद भएर नेपाली साहित्यको विश्वयात्रा जारी छ । यसै क्रममा जर्मन भाषामा अनुवाद भएर हालै प्रकाशित साहित्यकार शिव लामिछानेको “MELODIN DER EXISTENZ” को प्रकाशनको सन्दर्भमा GLOBAL JOURNEY OF NEPALI LITERATURE कार्यक्रम अमेरिका नेपाल साहित्य प्रतिष्ठानले आगामि १८ अप्रिलमा आयोजना गर्ने भएको छ ।

 

साहित्यकार शिव लामिछानेले मूल अँग्रेजीमा लेखनुभएको तथा अमेरिकाबाटै प्रकाशन भएको Tunes of Existence कथा सङग्रहको जर्मन भाषामा अनुवाद गरी प्रकाशन गरिएको हो । यस सङ्ग्रहमा ८ कथाहरु रहेका छन् । उनको Golden Ball in a Piggy Bank नामक कृति पनि मूल अङग्रेजीमा प्रकाशित भै स्पेनिश भाषामा Balon de Oro En Una Alcancia शिर्षकमा प्रकाशित भएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...