Monday, April 9, 2018

काँग्रेसभित्र समग्र एकतामा नेताहरुको जोड

दमक, २६ चैत : नेपाली कांग्रेसका नेताहरुले पार्टीभित्र समग्र एकता गर्न आवश्यक भएको औँल्याएका छन् ।

जनआन्दोलन दिवसका अवसरमा कांग्रेस दमक नगर समितिले पार्टी कार्यालयमा आज आयोजना गरेको नगर सम्मेलनका क्रममा सहभागी नेताले अबको पाँच वर्षभित्र कांग्रेसभित्र दर्बिलो एकता हुनुपर्नेमा जोड दिनुभयो ।

सम्मेलनमा केन्द्रीय सदस्य गुरुराज घिमिरेले अब पाँच वर्ष जिम्मेवार प्रतिपक्ष भएर देश र जनताका समस्यासँग जुध्दै पार्टी संगठन सुढृढीकरणमा क्रियाशील हुनुपर्ने बताउनुभयो । जिल्ला सभापति उद्धव थापाले एक पटकको निर्वाचनमा पार्टी हार्दैमा कांग्रेस कमजोर नबन्ने जिकिर गर्नुभयो । सो अवसरमा कांग्रेस दमकले निकालेको नयाँ वर्ष–२०७५ को भित्ते पात्रो लोकार्पण गरिएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...