Saturday, April 7, 2018

जर्ज मेसन मा नेपाली बिधार्थिहरुको बार्षिक साँस्कृतिक कार्यक्रम भव्यता को साथ सम्पन्न

विजय थापा,वाशिंगटन डिसी ,अप्रिल ७ ,अमेरिकाको भर्जिनिया स्थित चर्चित जर्ज मेसन बिश्व बिद्यालयका नेपाली बिद्यार्थीहरुको बार्षिक सांस्कृतिक कार्यक्रम भव्यता को साथ सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा केहि समय अगाडी असामयिक निधन भएका बिद्यार्थी स्व सुदर्शन सिग्देलको सम्झनामा मौन धारण समेत गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाली तथा अमेरिकन राष्ट्रिय गान बजाईको थियो भने कार्यक्रममा प्रा.रमेश पन्तले बोलेका थिए । यसै गरि नेपाली संस्कृति झल्काउने प्रकारका वस्त्रमा केही भेषभुषा समेतको प्रस्तुति भएको गरिएको थियो ।

कार्यक्रममा सम्प्रेष ढुंगानाले गीत ,सुप्रिया तामांगले सिरैमा शिरबन्दि तथा संज्ञा श्रेष्ठले प्रस्तुति गरेका थिए । यसै गरि कृष्ण पुडासैनीले गीत तथा आश्विनले प्रस्तुति गरेका थिए । भीएसयुको प्रस्तुति ,प्रयन्त तिमिल्सिनाले गीत, दिपिका जोशी ले नृत्य तथा महिमा सुबेदीले गीत प्रस्तुति गरेका थिए ।

यसै गरि अनुजा तथा समूह तथा जीएमयु एनएसएका को प्रस्तुति रहेको थियो । यसै गरी अन्तिम सामूहिक गीत प्रस्तुत गर्दै कार्यक्रम समापन गरिएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...