Monday, April 23, 2018

आगलागीबाट बीस लाखको क्षति

राजविराज, १० वैशाख: सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज आगलागी हँुदा करीब रु २० लाखको क्षति भएको छ ।

जिल्लाको सुरुङ्गा नगरपालिका–१ बस्ने सुरेन्द्र चौधरीको घरमा आगलागी हुँदा तीनवटा घर जलेर नष्ट भएका छन् । आगलागीबाट करीब रु १७ लाख बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्याल, सप्तरीले जनाएको छ ।

यस्तै विष्णुपुर गाउँपालिका–३ मा आगलागी हँुदा रु तीन लाख बराबरको क्षति भएको छ । स्थानीय सीताराम मण्डलको आँगनमा थ्रेसरबाट गहुँ दाउने क्रममा आगलागी हुँदा चारवटा घर जलेर नष्ट भएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...