
विजय थापा , प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्र ‘शत्रु गते’ चलचित्र डिसी क्षेत्रको भर्जिनियामा प्रदर्शन हुने भएको छ । झन्डै दुई महिना अगाडी यसको पहिलो गीत सार्वजनिक भएको थियो ।
महजोडीको प्रस्तुतिमा बनेको चलचित्रको ‘रुपै मोहनी’ बोलको गीत सार्वजनिक गरिएको थियो । निर्माण युनिटले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको गीतमा हरिवंश आचार्य, दीपकराज गिरि, पल शाह, दिपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा माथी छायाँकन गरिएको छ ।

अमेरिकाको भर्जिनियामा आर एनआर ग्रुप तथा केसी डान्स सेन्टर ले प्रस्तुति गर्ने छ । आगामी अप्रिल ८ तारिख मा शत्रु गते भर्जिनिया को फल्स चर्च स्थित डिसी चलचित्र मन्दिरमा हुने छ । टिकट दर १५ डलर राखिएको छ भने दिनको ठिक २ बजे चलचित्र सुरु हुने छ ।
कार्यक्रम को बारे बिस्तृत जानकारी रोशन पुरी, नविन केसी , तथा, पुस्कर पन्त संग लिन सकिने जनाएका छन् । लोकराज अधिकारीको शब्द र टंक बुढाथोकिले संगीत रहेको गीतमा टंक र मिना निरौलाको स्वर रहेको छ ।
महजोडी मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज, दीपाश्री, प्रियंका, पल शाह, आँचल शर्मा, किरण केसी, राजाराम पौड्याल, बसुन्धरा भुसाल, शिवहरी पौड्याल लगायतको मुख्य भुमिका रहेको छ ।
No comments:
Post a Comment