
मार्च ३१ मा टेक्सस् राज्यबाट बिगत २ बर्ष देखि संचालित ईदबू (eDaboo) र वर्ल्ड नेवा अर्गनाईजेशन युएस्ए च्याप्टर ले विश्व नेवा दिवस पारेर अमेरिका, अष्ट्रेलिया, कनाडा, न्यूजिलाण्ड, नेपाल, रसिया, ईंगलाण्डका विभिन्न नेवा संगठनका प्रतिनिधिहरूसंग सशक्त रूपमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम संचालक द्वय नर्थ अमेरिकाको लागी सांस्कृतिक राजदूत बासव राजोपाध्याय र वर्ल्ड नेवा अर्गनाईजेशन युएस्ए च्याप्टरका अध्यक्ष प्रमेश श्रेष्ठले नेपालमा हाल भईरहेको फ़ास्ट ट्रायक बाट ल्याएको ललितपुर को खोकनाको समस्या बारे तथा अन्तराष्ट्रीय नेवा गतिविधि बारे बिभिन्न देशका वक्ताहरू उत्तम माकजु कनाडा, दिप्त श्रेष्ठ अष्ट्रेलिया, कृष्ण चखुं रसिया, सिजन श्रेष्ठ अमेरिका, शशी महाजु बेलायत , कमल प्रसाद श्रेष्ठ न्यूजिलाण्डसंग प्रत्यक्ष छलफल गरेका थिए।
यस कार्यक्रमको लागी प्राविधिक सहयोगी सन्तोष श्रेष्ठ क्यालिफोर्निया तथा मन्जिल श्रेष्ठ नर्थ क्यारोलिना थिए।
कृपया यो लिन्कबाट यो कार्यक्रम हेर्नको लागी अनुरोध :
eDaboo Special World Newah Day & Unity
eDaboo Special World Newah Day & Unity
Posted by Newah Civilization on Saturday, March 31, 2018
No comments:
Post a Comment