Tuesday, April 3, 2018

लोक संगीतमा छुट्टै पहिचान बनाउन सफल गायक जिबन परियार

काठमाडौँ : अर्घखाची जिल्ला जन्मस्थल भएर बिगत एक दशक देखि काठमाडौँलाइ कर्मभुमि बनाइ साङ्गीतिक क्षेत्रमा आफुलाई स्थापित गराउन सफल चर्चित नाम हो गायक जिबन परियार l नेपाली लोक संगीत क्षेत्रमा आफ्नो छुट्टै नाम पहिचान बनाउन सफल भएका गायक जिबन परियार विभिन्न मेला महोत्सब स्टेज कार्यक्रम देखि अन्य धेरै कार्यक्रमहरुमा सधै ब्यस्त रहदै लाखौ दर्शक श्रोताहरुको मन जित्न सफल भएका छन l दर्जनौ चर्चित लोक तथा दोहोरि गितहरुमा आफ्नो मिठो, सुमधुर, जादुमय आवाज भरि सकेका उनले करिब ४ दर्जन भन्दा बेसी गीतहरु गाएर नेपाली लोक दोहोरि क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका हुन l बिसेष गरि लोक दोहोरि क्षेत्रमा चर्चित बन्न सफल गायक परियारमा हर प्रकारका गित गाउन सक्ने क्षमता छ l उनि भन्छन लोक संगीतलाइ हामीले मर्न दिनु हुन्न, यसलाई हरेक क्षेत्र बाट प्रबर्धन गर्दै परम्पराकाल देखि चल्दै आएको हाम्रो सस्कृतिलाई जिबन्त राख्नु पर्छ l

अहिले सम्मको वुझाइमा लोकभाका गाउने तर लोकगायक वन्न गाह्रो हुने जिबन परियारको अनुभव छ । शब्द चयन, गायन प्रतिको समर्पण र निरन्तर साङ्गीतिक अभ्यास बिना साङ्गीतिक क्षेत्रमा टिक्न गाह्रो हुन्छ । अग्रज र गुरुले स्वरमा निखार ल्याउन दिनुभएको निर्देशन र मेरो गीतप्रतिको आफ्नै रुचीले एउटा गायकलाई सफल गायकका रुपमा उभ्याउन सकिन्छ भन्ने उनको बुझाइ हो । चाडैनै तिजको गीतहरु लिएर आउन लागेका गायक जिबन परियार दर्शक श्रोताहरुलाई नचाउन माहिर छन l सरल तथा मिजाशिला स्वभावका गायक जिबन परियार आफ्नो सम्पुर्ण जिबन लोक संगीत तथा सांगीतिक क्षेत्रमानै समर्पण गर्ने बताउछन l गायक परियार भन्छन लोक सस्कृति भनेको हाम्रो सम्पति हो लोकभाका अनि लोकदोहोरीलाई बचाई राख्नु अनि सम्रक्षण र प्रबर्धन गर्नु हाम्रो कर्तब्य पनि हो, त्यसैले पनि म बेसी लोक संगीतमा बढी झुकाब राख्छु l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...