Monday, April 2, 2018

न्यूयोर्क महापुराणमा बोल कबोल भएका रकम तथा सेरोफेरोमा अनुगमन बिशेष कार्यक्रम गरिने

विजय थापा ,गत बर्ष रिजवुड नेपाली समाजले सामुदायिक तथा सांस्कृतिक भवन निर्माण हेतु आयोजना गरेको सप्ताह महापुराण अपार सफलता पूर्वक सम्पन्न भएको कुरा जग जाहेर छ ।

रिजवुड नेपाली समाजले पहिले देखि खरिद गरेको उक्त जग्गामा सामुदायिक भवन निर्माण गर्न नेपालबाट वाचन प्रवीण दिन बन्धु पोखरेल लाई झिकाई कार्यक्रम ऐतिहासिक रुपमा सम्पन्न गरेको थियो ।

उक्त महा पुराणमा व्यक्तिगत तथा संघ संस्थाको तर्फ बाट १ लाख डलर भन्दा पनि ज्यादा चन्दा दिने सार्बजनिक रुपमा घोषणा गरियो । तर करिव एक बर्ष बिति सक्दा पनि लाखौ लाख सार्वजनिक रुपमा बोल कबोल गर्ने कैयौ संघ/संस्थाले हालसम्म १ कन्चो नदिएको अवस्था पनि रहेको छ ।

एक बर्ष बिति सक्दा पनि के कति कारण बाट पैसा जुट्न सकेन ? अलिकति पनि दिन नसक्नु को पछाडी के कस्ता कारण छन् ? होश हवासमा दिएको रकम दिन किन आलटाल जस्तो गर्नु परेको अवस्था भै रहेको छ त ? कतै प्रतिस्प्रद्धा को लागि डाक बढाबढ गरेर हाल पछुताएको अवस्था त कतै हैन ?

यसै सेरोफेरोमा महापुराणमा बोल कबोल भएका रकम र यसैको सेरोफेरोमा अनुगमन गर्ने भएकोले आगामी अप्रिल ८ तारिख ११.३० बजेको प्रत्यक्ष प्रशारणको माध्यम बाट कार्यक्रम गरिने जानकारी संचारकर्मी सच्ची मैनालीले बताइन ।

मैनालीले अगाडी भनिन रिजवुड नेपाली समाजलाई छिटो भन्दा छिटो बोलेको रकम उठ्न सकोस र सामुदायिक भवन निर्माण समय मै गर्न सकोयोस भन्ने हेतुले अनुगमन गर्न आफू तयार भएको बताइन ।

संस्थाका सरोकारवाला तथा आमन्त्रित वक्ताहरुले पनि राम्रा कुराहरु पस्कनु हुन्छ भन्ने आफू ढुक्क लागेको मैनालीले बताईन । यसलाई समाज र समुदायले सकारात्मक रुपमा लिने छ भन्ने कुरामा आफू विश्वस्त रहेको बताउदै बोले पछि पुर्याउनु पर्छ भन्ने हामी सबैको साझा समझदारी रहने हुनाले कार्यक्रमको पुरा तयारीमा रहेको उनले बताइन ।

उनले सवैलाई नकरात्मक नलिन हुन् अनुरोध गर्दै बरु कसरी यस्ता समस्याको समाधान गर्न सकिन्छ ,र अल्झिएको र दिनु पर्ने रकमको गाठोलाई कसरी फुकाएर रिजवुड नेपाली समाजको झोली भर्न सकिन्छ भन्ने कुरामा सल्लाह ,सुझावको लागि कार्यक्रममा सहभागी हुन् अनुरोध गरेकी छिन् ।

साथै महापुराण को यो अनुगमन कार्यक्रममा अमेरिकाका धेरै राज्यका नेपाली समुदायको ध्यानाकर्षण भएको जानकारी प्राप्त समेत भएको र धेरैको चासोको बिषय भएकोले आफूले सामाजिक दायित्व लिएकोले उत्साहित पनि रहेको मैनालीले बताईन । कार्यक्रम को प्रत्यक्ष प्रसारण ईनेप्लिज ले गर्ने छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...