Thursday, April 26, 2018

कसरी आयो स्विसमा बिरेन्द्र बिएर, वास्तविकता यस्तो छ

 

१९९७ मा स्थापित भएको टुर्बिनब्राउ आगे `(Turbinbrau AG ) बिएर कारखानाले स्विटजरल्याण्डको जुरिच र त्यस वरीपरिका केहि साना ठाउंहरुमा आफ्नो उत्पादन गरेको बिएर बेच्दै आएको छ । गत बर्ष देखि आफ्नो उत्पादन बढाउने क्रममा जेनेभामा रहेको केहि होटेल, रेस्टुरेन्टमा पनि आपूर्ति गर्दै आएको `टुर्बिनब्राउ बिएर कारखानाका संचालक अद्रिअएन वेबर (ADRIEN WEBER ) भन्छन । बर्षेनी १५००० हेक्टर(१.६०९ टन) बिएर उत्पादन गर्ने टुर्बिनब्राउ

स्विटजरल्याण्डको एक सानो बिएर कारखानामा पर्दछ ।

टुर्बिनब्राउ बिएर कारखानाका संचालक अद्रिअएन वेबर (ADRIEN WEBER )

 

`टुर्बिनब्राउ`बिएर कारखानाको आफ्नो स्थायी उत्पादन गोल्ड स्प्रिंट (Gold Sprint ), स्टार्ट ( Start ), र रेकोर्ड ( Record ) गरि तिन बिएर रहेको छ । यी तिन बिएर बाहेक समय र मौसम अनुसार बिभिन् ठाउं र देशका बिभिन्न स्वाद र मसला अनुरुप बिएर उत्पादन गर्ने गरेको पनि संचालक वेबर बताउछन् ।

केहि हप्ता र महिना यता स्वर्गीय राजा विरेन्द्र विर विक्रम शाहदेवको नाममा स्विटजरल्याण्ड स्थित टुर्बिनब्राउ बिएर कारखानाले मदिरा उत्पादन गरेको बिषयलाइ लिएर नेपालीहरुको सामाजिक संजाल,अनलाइन मिडिया लगाएत नेपालमा रहेका केहि संघ संस्थाले गम्भिर ध्यानाकर्षण गर्दै बिज्ञप्ति र समाचारहरु प्रकाशित गरेको थियो । उक्त बिषयबारे बुझ्न स्विसनेपाल डट कम ले टुर्बिनब्राउ बिएर कारखानाका संचालक अद्रिअएन वेबर (ADRIEN WEBER ) संग सोधपुछ र कुराकानी गरेको छ ।

स्विटजरल्याण्डको जाँदै गरेको चिसो मौसम र समय पारि समय अनुरुप बिएर उत्पादन गर्ने क्रममा टुर्बिनब्राउ`का एक कामदारले नेपाली मसला टिमुर (Timur – Peffer ) जुरिच स्थित एक एसियन पसलमा भेट्छन् । उक्त मसलाको मूल स्थान खोजि गर्ने क्रममा नेपाल र नेपालीहरुले बिशेषरुपमा मन पराउने र प्रयोग गर्ने मसला हो भन्ने गूगल र बिभिन्न इन्टरनेट मार्फत पत्ता लाग्छ ।

उक्त नेपाली मसला टिमुर नेपालको भनि चिनाउन नेपालको एक ख्याति बिशेष नाम दिने निर्णय गर्छन । संचालक वेबर आफै नेपाल नगएता पनि नेपालको बिषयमा पढेर ज्ञान बटुलेका बटाउँदै क्रमश नेपाली नाम खोजि गर्दैगर्दा नेपाल र नेपालीहरुको चर्चित नाम एभरेस्ट (एभरेस्ट),गोर्खा (Gorkha ) नामक इत्यादि बिएरहरु नेपाल मै उत्पादन भैसकेको थाहा पाउंछन् । चर्चित रहेका स्वर्गीय राजा बिरेन्द्र,हिमाल र मन्दिरको फोटो राखेमा जो कोहिले पनि गुगलमा सर्च गरि नेपालको इतिहास र नेपालीहरुको बारेमा जान्ने मौका पाउनेछन् ।

यसैलाई समेटेर हामीले सिजनअनुसार उत्पादन गर्ने एक बिएरको नाम `विरेन्द्र `(Birendra) भनि राखेका हौँ । नेपालीहरुको टाउकोमा टोपी रहनु संस्कृति र ठुलो महत्व भन्ने ज्ञान भएकोले गर्दा राजाको टाउकोमा टोपी राखेका हौँ भन्दै संचालक वेबर स्विस नेपाल डट कमलाइ बताए ।

हामीले सिजनल बिएरहरु दुइ देखि तिन महिनाको लागि मात्र उत्पादन गर्ने गर्छौं । र त्यो विभिन्न ठाउं र देशहरुमा मनपराइने मसलाहरूलाइ मिश्रण गरि बिएर उत्पादन गर्छौं । अन्तत बिएरको नाम मसलाको मूल स्थान जानकारी लिई उक्त ठाउं र देशको ऐतिहासिक महत्व समेटिने र झल्कने व्यक्ति र स्थान वा बस्तुहरुको नाममा बिएर उत्पादन गर्छौं । नेपाली टिमुरबाट बनेको यस Birendra नामक बिएर मे महिनाको अन्त सम्म मात्र गर्नेछौँ । त्यस पछि हामीले अर्को मसलाको मिश्रणमा उत्पादन गछौं ।

पूर्ण सकारात्मक र राम्रो भावनाले गरेका हौँ त्यसैले कृपया यसलाई नराम्रो नलिन आग्रह गर्दै संचालक अद्रिअएन वेबरले स्विस नेपाल डट कम लाइ बताए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...