Monday, April 23, 2018

विष्णु माझिको आवाजमा “तिम्रै भइन म ” हेर्नुहोस भिडियो सहित

रोशन पोखरेल , काठमान्डौँ , बैशाख १०
नेपाली लोकदोहोरी गीत संगीतको सरक्षण गदैँ नयाँ तथा पुराना कलाकारहरुको सिर्जनालार्ई आम दर्शक माझँमा सर्वोकृष्ट रचनाहरु लाई आम दर्शक माझँमा बुझाउदै आएको  देवी म्युजिक सोलुसनको प्रस्तुतिमा गायिका विष्णु माझी र गायक सोनु संगमको आवाजमा सजिएको गीत “तिम्रै भइन म ” बजारमा आएको छ ।
जिवन भोगाईका क्रममा बाध्यताले अर्काको बन्नुपर्दाको अवस्थामा आफनी पुर्व प्रेमिकालाई भुल्न नसकेको कुरा गीत मार्फत ब्यक्त गरिएको छ । कतिपय अवस्थामा मायाको आभाष नगरिकन छुटनुपर्दाको वियोगान्त अवस्थालाई  भोग्न विवस छन मायालु जोडीहरु त्यही अनुभुतिलाई शब्दमा कोरिएको छ । सुरज लामिछानेको सर्वोकृष्ट  शब्द तथा लय सिर्जनामा जिवनको बास्तविक भावहरुलाई गीत मार्फत तयार पारिएको छ । “तिम्रै भइन म ” गीतको निर्देशन काजिश श्रेष्ठले गरेका हुन भने गीतको भिडियोमा चर्चित मोडल सारिका केसी र सागर थापाको अभिनय देख्न सकिन्छ । “तिम्रै भइन म ” गीतको छायाँकन सागर गौत्तमले गरेका हुन भने  सम्पादन दिपक विष्टले गरेका छन ।
हेर्नुहोस भिडियो

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...